+
+
Shares

राज्य व्यवस्थामा आफ्नै सदस्यबाट खेदिए दिलबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १४:२६

१ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीलाई फिर्ता गरेर अर्को सक्षम सभासदलाई सभापति बनाउन समिति सदस्यहरुले नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

Dilbahadur-Ghartiसभापति दिलबहादुर घर्तीको नेतृत्व क्षमता शून्य रहेको र सभापतिकै कारण संसदको सबैभन्दा शक्तिशाली मानिने राज्य व्यवस्था समिति निकम्मा भएको भन्दै सभासदरुले उनकै अगाडि आलोचना गरेका हुन् ।

मंगलबार बिहान राज्य व्यवस्था समिति बैठक शुरु भएलगत्तै कांग्रेस र एमालेका सभासदहरुले सभापति घर्तीबाट समिति चल्न नसक्ने बताए ।

‘सरकारका कारण, दलका कारण वा सभापति आफ्नै कारण यो समिति किन निकम्मा भयो ?’ कांग्रेसका अर्जुन जोशीले भने ।

बैठकको शुरुमै एमाले सभासद यज्ञराज सुनुवारले देशमा शान्ति सुरक्षा, राज्य सञ्चालन लगायतका क्षेत्रमा ठूला ठूला घटना भएका बेला पनि समिति निष्त्रिmय हुनुमा सभापति जिम्मेवार रहेको बताए ।

सुनुवारले भने- सभापतिज्यू तपाईबाट यो समिति नचल्ने भयो । कांग्रेसले उहाँको ठाउँमा अर्को सभापति पठाओस् ।

कांग्रेसका हृदयराम थानीबाहेक सबै सभासदले सभापति घर्तीको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए । कांग्रेस सभासद आरजू देउवा, एमाओवादीका राम कार्कीलगायतले सभापतिकै कारण समितिले काम गर्न नसकेको बताए ।

सभासदहरुबाट सभापतिको चरम आलोचना हुँदा सभापति घर्तीले भने कुनै जवाफ दिएनन् । सभासदहरुले राज्य व्यवस्था समितिलाई कमजोर बनाउन नियोजितरुपमा खेल भएको आशंका समेत व्यक्त गरेका थिए ।

यसैबीच समितिले देशका बिभिन्न ठाउँमा भइरहेका आन्दोलनहरुमा संयमित भएर नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । आन्दोलनरत पक्षलाई पनि संयमित हुन आग्रह गरिएको सभासद रामेश्वर फुयालले बताए ।

बैठकमा गृहमन्त्री वामदेव गौतमले देशका बिभिन्न ठाउँमा भइरहेका आन्दोलन र त्यसक्रममा भएका घटनाहरुका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?