+
+
Shares

सप्तरीको भारदह क्षेत्रमा कर्फ्यू, घर बाहिर निस्कन रोक

१ भदौ, लहान । प्रहरीको गोली लागेर सप्तरीमा एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको भारदहमा मंगलबार गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै प्रहरीले गोली चलाउँदा स्थानीय राजीव राउतको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते १५:५३

Saptari-Protest

  • सप्तरीमा गरिएको प्रदर्शनमा युवाहरू

१ भदौ, लहान । प्रहरीको गोली लागेर सप्तरीमा एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले सप्तरीको भारदहमा मंगलबार गरेको प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै प्रहरीले गोली चलाउँदा स्थानीय राजीव राउतको मृत्यु भएको छ ।

उनको मृत्युपछि थप झडप हुनसक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार अपरान्ह ४ बजेदेखि बुधबार विहान ५ बजेसम्म भारदह क्षेत्रमा कर्फ्यु लगाएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा धर्ना, जुलुस, भेला, र्‍याली वा कुनै पनि प्रकारको प्रदर्शन गर्न रोक लगाइएकोसप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले जानकारी दिए ।

भारदहको पूर्वमा कंकालनी मन्दिरदेखि ५०० मिटर, पश्चिममा भारदह टेम्पु स्ट्यान्डदेखि ५०० मिटर, उत्तरमा पोर्ताहाको गाविस भवन हटिया लाग्ने स्थानसम्म र दक्षिणमा सखरदही नहरपुलदेखि ३०० मिटरसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

सो क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन, सवारी साधन नचलाउन र बाहिर हिँडडुल नगर्न भनिएको छ । सो अवधिमा अत्यावश्यक सेवाका सवारी साधन चलाउनु परेमा वा घरबाहिर निस्कनु परेमा सुरक्षा निकायसँग अनुमतिपत्र लिन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?