
Quick Summary
AI-generated by OK AI. Editorially reviewed.- पोल्याण्ड पठाउने भन्दै युवतीलाई ठगी गरेको आरोपमा महोत्तरीकी दीपाकुमारी पोख्रेल पक्राउ परिन् ।
- उनी काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ परेकी हुन् र उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ।
- प्रहरीले बताएअनुसार, उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवको झाँकमा ठगी गरेको थिए।
२९ वैशाख, काठमाडौं । पोल्याण्ड पठाउने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–५ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ बस्दै आएकी ३३ वर्षीया दीपाकुमारी पोख्रेल छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलवमा रोजागारीका लागि पोल्याण्ड पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4