+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

शीर्ष बैठकपछि बाबुरामले भने- पुच्छर छिर्‍यो, हात्ती अड्क्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १ गते २०:३३

Baburam Bhattrai

१ भदौ, काठमाडौं । सम्वाद समितिका सभापति डा. बाबुराम भट्टरार्इले विशेष समितिको बैठकमा पुच्छर छिर्‍यो, हात्ती अड्क्यो भनेजस्तो भएको बताएका छन् ।

बैठकपछि उनले फेसबुकमा लेखेका छन्, सम्पत्तिको हकमा “वौद्धिक सम्पत्ति” थप्ने, स्वतन्त्रताको हकमा ” नेपालको कुनै पनि भागमा पेशा, व्यवसाय…..गर्ने स्वतन्त्रता” थप्ने केही सकारात्मक सहमति भएका छन् ।

नागरिकताको मुद्दामा लैंगिक समानता कायम गर्ने विषयमा परम्परगत पितृसत्तात्मक चिन्तनमाथि लाख कोशिश गर्दा पनि विजय हासिल गर्न सकिएन । यस मामिलामा हाम्रा मधेसी मित्रहरु झन् कन्जरभेटिभ पाइयो !, उनले लेखेका छन् ।

माओवादी नेता समेत रहेका भट्टराईले धर्म निरपेक्षता परित्याग गर्न कांग्रेस र एमाले नेताहरूले कमल थापालार्इ उमेत उछिनेको टप्पणी गरेका छन् ।

उनले लेखेका छन्-गणतन्त्रको अभिन्न पिलर धर्मनिरपेक्षता परित्याग गर्न ‘लोकतान्त्रिक’ र ‘वामपन्थी’ कित्ताकै मित्रहरुले कमल थापाहरुलाई समेत उछिन्ने गरी आतुरता देखाएको पाउँदा क्रान्तिको रापताप सेलाउँदै गए पछि सबै क्षेत्रमा प्रतिगमन कसरी मुखरित हुँदो रहेछ निकै चिन्तित तुल्याएको छ ।’

साथै उनले सीमांकनको विषय सबैभन्दा पेचिलो रहेको बताए । उनले भने, सीमांकनको विषय सवभन्दा पेचिलो भैहाल्यो! आज विभिन्न विकल्प प्रस्तुत भएका छन्। भोलि टुंग्याउने सहमति भएकोछ !’

सम्वाद समितिका सभापति भट्टरार्इले जनताका जायज आकांक्षालाई भट्काएर अप्रिय स्थिति सिर्जना गर्ने प्रवृत्तिप्रति सबै सतर्क रहनु पर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?