२ भदौ, गौशाला । हतियारसहित पक्राउ परेका जलेश्वर नगरपालिका–१ बस्ने ४३ वर्षीय विजय गुप्तालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गरेको हो ।

मङ्गलबार बिहान जलेश्वर–२ स्थित श्रीराम चौधरीको घरबाट गुप्ता पक्राउ परेका थिए ।
गुप्ताको साथबाट प्रहरीले ९ एमएम ९ राउण्ड नम्बर ७१, ७०१ डबल मेड ईन युनाइटेड स्टेट्स अफ अमेरिका लेखिएको अटोमेटिक पेस्तोल १ थान, सोमा प्रयोग हुने १५ राउण्ड गोली, २ थान म्याग्जिन, सिक्सर १ थान, सोमा प्रयोग हुने गोली २ राउण्ड र खुकुरी १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।
यसअघि पनि लागुऔषध मुद्दामा जेल काटिसकेका गुप्तामाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4