गायक उदय सोताङले रात्रिकालिन आगन्तुकलाई लक्षित गरि झम्सिखेलमा नयाँ रेष्टुरेन्ट खोलेका छन् । भदौ १ गतेदेखि सञ्चालनमा आएको ‘मधुशमा’ रेष्टुरेन्टले ग्राहकलाई विभिन्न स्वादका परिकार र पेयका साथै सांगीतिक खुराक पनि पस्किइरहेको छ ।
रेस्टुरेन्टमा उदय र मनिला सोताङले नियमित सांगीतिक प्रस्तुति दिने छन् । उदय यस रेष्टुरेन्टका प्रवन्ध निर्देशकसमेत हुन् । दरवारमार्गमा अवस्थित ‘मधुशाला’ रेष्टुरेन्टपछि उनले दोस्रो रेष्टुरेन्ट ‘मधुशमा’ सञ्चालनमा ल्याएका हुन् । अक्सर आफ्नो सोलो गीति एल्वमको नाम ‘म’ बाट जुराउने उदयले रेष्टुरेन्टको नाममा पनि म बाटै राखेका छन् ।
‘मधुशमा’मा उदय र मनिलासँगै अर्का चर्चित गायक सुरेशकुमारले पनि गाउनेछन् । ‘तिमी मेरो जिन्दगीको किरण’, ‘पि्रय तिम्रो सम्झना’ जस्ता उनका गीत निकै चर्चित छन् ।
साँझ साढे पाँचबाट खुल्ने रेष्टुरेन्ट राती ११ वजेसम्म सुुचारु हुने जनाइएको छ । पर्याप्त पार्किङ सुविधायुक्त यो रेष्टुरेन्ट ९० जना सिट क्षमताको छ । रेष्टुरेन्टमा मौलिक नेपाली परिकारदेखि, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार उपलव्ध छन् ।