Comments Add Comment

विराटनगरमा बन्दको अवज्ञा, सडकमा गाडीका ताँती

Biratnagar-Banda-abgya

  • बन्दको अवज्ञा गर्दै विराटनगरमा गाडीहरुसहित निकालिएको र्‍याली

ध्रुव भट्टराई

२ भदौ, विराटनर । लगातारको बन्दका कारण जनजीवन प्रभावित भएपछि मोरङको विराटनगरमा बन्द अवज्ञा भएको छ । प्रदेश सीमांकनको विषयमा सहमति जनाउँदै विभिन्न पार्टीहरुले बन्द गरेपछि मोरङ व्यापार संघ र उद्योग संगठनको अगुवाइमा बुधबार बन्द अवज्ञा भएको हो ।

बजार खुलाउन र गाडी चलाउन आग्रह गर्दै र्‍याली निकालिएको थियो । साँझ पाँच बजे पानीको पर्वाह नगरी जिल्ला प्रशासन कार्यालय अगाडिबाट र्‍याली निस्किएको थियो । सयौंको संख्यामा यात्रु बस, जिप, भ्यान, मालबाहक ट्रक, निजी कार, मोटरसाइकल र साइकलसहित र्‍याली निस्किएको थियो ।

बन्द सँधैलाई बन्द हुनुपर्ने मागसहित निकालिएको र्‍यालीले विराटनगर बजार परिक्रमा गरेको थियो । २१ संघ संगठनको सहभागीगतामा निकालिएको र्‍यालीलाई प्रहरीले सुरक्षा दिएको थियो ।

व्यवसायी भन्छन्-अब सहेर बस्न सकिन्न

विराटनगर क्षेत्र लगातार पाँच दिनदेखि बन्द भएपछि जनजीवन कष्टकर बनेको छ । सुनसरी-मोरङ औद्योगिक करिडोरका उद्योग बन्द हुँदा दैनिक करोडौं नोक्सानी भएको छ ।

उद्योग संगठन मोरङका अध्यक्ष शिवशंकर अग्रवालले बन्दबाट ठूलो आर्थिक नोक्सानी भएकाले सहन नसकिएको बताए । उनले भने, ‘अब सहेर बस्न सकिन्न ।’

मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले आफ्ना माग पूरा गर्ने माध्यम बन्दलाई बनाउन नहुने बताए ।

व्यवसायी राजेन्द्र राउतले माग पूरा गर्ने माध्यम बन्दलाई बनाइन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment