+
+
Shares

नाना पाटेकरले भने- आत्महत्या गर्नु अघि मलाई फोन गर्नुस

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते ११:००

Nana Patekar

मुम्बई । अभिनेता नाना पाटेकरले महाराष्ट्र विदर्भ क्षेत्रका किसानलाई आत्महत्या नगर्न आग्रह गर्दै समस्या परे आफुलाई तत्काल फोन गर्न आग्रह गरेका छन् ।

उनले सर्वसाधारणलाई आफुसँग कुरा गर्न सजिलो होस् भनेरै आफ्नै फोन नम्बर किसान र गैर सरकारी संस्थामा काम गर्नेहरुलाई दिएका पनि छन् ।

नानाले आर्थिक अवस्था कमजोर भएर आत्महत्या गर्ने १८० किसानका विधवालाई १५ हजार भारतिय रुपैयाँ आर्थिक सहयोग समेत गरेका थिए ।

सोही कार्यक्रममा उनले केही गैर सरकारी संगठन र किसानलाई आफुले नम्बर दिएको भन्दै सकेको सहयोग गर्ने धारणा राखे ।राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन २०१४ मा मुलुकभर १२ हजार किसानले आत्महत्या गरेका थिए ।

अभिनेता नानाको भनाई अनुसार आत्महत्या गर्ने किसानको परिवारको आर्थिक हालत निकै खराब छ । खेती लगाईसकेपछि पानी नपर्दा र खेती लगाउने बेलामा पानी नपरीदिंदा किसान मर्कामा पर्ने गरेका छन् । यी पीडित किसान परिवारलाई आफुले सकेको सहयोग गरेको भन्दै उनले किसानलाई भने ‘आत्महत्या कहिल्यै नगर्नु । आत्महत्या गर्नु अघि मलाई फोन गर्नु ।’

nana-pate

नाना पाटेकर भारतका एकमात्र किसान कलाकार हुन् । उनी फिल्मवाट फुर्सद मिलेपछि अहिले पनि खेतीपातीकै काम गर्छन् ।

भारतीय किसानले बिजुली र पानी नपाएको बताउने नानाले यी दुई कुरा दिएमा किसानलाई राहत हुने धारणा राखे ।

नाना अहिले अनीज बज्मीको चलचित्र ‘वेलकम बैंक’ को प्रमोसनमा ब्यस्त छन् । फिल्म रिलिजपछि मराठवाटाडा, खानदेश, विदर्भ क्षेत्रका ७०० किसानलाई सहयोग गर्ने उनको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?