+
+
Shares

कतारको कानुन बुझ्न अब वकिल नचाहिने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १०:५९

law of qatar book-lunchघनश्याम पराजुली (कृष्ण)

दोहा । वैदेशिक रोजगारी तथा विभिन्न पेशा ब्यवसायको शिलशिलामा कतार आएकाहरुले विभिन्न खाले समस्याहरु झेल्ने गरेका छन् । कानूनी कुराहरु नजान्दा समस्या झेल्नुपर्ने समस्या त छँदैछ, कतारको अध्यामनमै समस्या पर्ने गर्छ । सानो समस्यामा पनि वकिलको सहारा लिनुपर्ने बाध्यता रहने गरेको छ । तर अव कतारको कानुन बुझ्न वकिलको सहारा चाहिँदैन, हालै गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले निकालेको पुस्तक ”कतारको अध्यागमन र आवासीय कानुन’ पढे पुग्छ ।

त्यसैले कतारको आवासीय कानूनको बारेमा जानकारी दिने उद्देश्यले एनआरएन कतारले हालै ‘कतारको अध्यागमन र आवासीय कानून’ पुस्तक प्रकाशन गरेको छ ।

law of qatar bookकानुनबारे जानकारी नहुँदा कतारमा रहँदै आएका नेपालीलाई समेत कानूनी समस्या पर्ने गरेकाले एनआरएनएन एनसीसी कतारले कानूनबारेको पुस्तक निकालेको हो । एनआरएन कतारको अधिवेशनमा एनआरएन अध्यक्ष शेष घलेले विमोचन गरेका थिए ।

उक्त कितावलाई प्रोफेसर रमजान अली मियाँले अनुवाद गरेका हुन । एनआरएनए एनसीसी कतारको कानुनी सल्लाहकार समेत रहेका प्रोफेसर मियाँले कतारको कानुनबारे जानकारी नहुँदा कतारलाई कर्मभुमि बनाएका असंख्य नेपालीले बेलाबेलामा अनेकौं समस्याहरुको सामना गर्नु परिरहेको तितो यथार्थ मनन गर्दै आप्रवासीसँग सम्बन्धित नियम कानुन नेपाली भाषामा अनुवाद गरेको उल्लेख गरेका छन ।

पुस्तकमा कतारको रितिरिवाज, धर्मसँस्कृति , सामाजिक परम्परा, मुल्य-मान्यता र नियम कानुनबारे पढ्न जानकारी पाउन सकिन्छ । कतारमा आप्रवासीको प्रवेश, बहिर्गमन, बसोबास र स्पोन्सरसीप सम्बन्धि कानुनलाई नेपालीभाषामा अनुवाद गरिएको छ । मियाँले सन् २०१० मा कतारको श्रम कानुनलाई नेपालीमा अनुवाद गरेका थिए जसलाई कतारले अनुमोदन गरेको थियो । उनले कतारमा रहेका नेपाली कामदार, व्यवसायी, सरकारी कर्मचारी लगायत हरेकका लागि किताब उपयोगी रहने उल्लेख गरेका छन ।

पुस्तक ६ वटा शिर्षकसहित २७ पृष्ठको छ । कितावको भाषा सम्पादन पत्रकार रवि भट्ट रोषीले गरेका हुन् भने आरके श्रेष्ठले पुस्तकलाई सजावट गरेका छन् । कतारमा कार्यरत ४ लाख भन्दा बढी नेपालीहरुका लागि उक्त किताव उपयोगी हुने विश्वास प्रकाशकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?