+
+
Shares

हलिउड गलैचामा हिड्दा ऋचालाई भयो रमाइलो

अमेरिकामा रहेकी नायिका ऋचा घिमिरेका लागि ‘फेस्टिबल अफ ग्लोब’मा फाइदै फाइदा भएको छ । यो महोत्सवमा ऋचा अभिनित चलचित्र ‘तुलसी’ प्रदर्शन गरिएको छ । साथमा उनी हलिउडको रेड कार्पेटमा पनि हिड्न पाएकी छिन् । ३ दिनसम्म महोत्सवमा सहभागी भएर क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी ऋचाले नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागीता जनाउन पाउनु गर्वको कुरा भएको बताइन् । उनी रेड कार्पेटमा हिड्न पाउँदा मज्जा भएको बताउँछिन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते १०:५६

richa-ghimireविजय थापा, वासिंगटन डीसी
अमेरिकामा रहेकी नायिका ऋचा घिमिरेका लागि ‘फेस्टिबल अफ ग्लोब’मा फाइदै फाइदा भएको छ । यो महोत्सवमा ऋचा अभिनित चलचित्र ‘तुलसी’ प्रदर्शन गरिएको छ । साथमा उनी हलिउडको रेड कार्पेटमा पनि हिड्न पाएकी छिन् ।

३ दिनसम्म महोत्सवमा सहभागी भएर क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी ऋचाले नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागीता जनाउन पाउनु गर्वको कुरा भएको बताइन् । उनी रेड कार्पेटमा हिड्न पाउँदा मज्जा भएको बताउँछिन् ।

रातो गलैचामा हिड्दा रमाइलो भएको बताउँदै उनले विश्वका विभिन्न देशका कलाकार र दर्शकको विचमा रहँदा छुट्टै अनुभुती भएको बताइन् । नेपाली कलाकारका लागि ठूलो प्राप्ती भएको भन्दै उनले हौसला मिलेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?