+
+

मिस नेपाल-यूएस सुन्दरी बन्न युवतीहरुकाे हाेडबाजी

वाशिंगटन डीसी । मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई न्यूयोर्कमा तालिम दिन थालिएको छ । पाँचौं मिस नेपाल युएस प्रतियोगिता शनिवार हुँदैछ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ४ गते १०:२८

विजय थापा

वाशिंगटन डीसी । मिस नेपाल युएस प्रतियोगिताको लागि उत्कृष्ठ १० मा छनौट परेका सहभागीहरुलाई न्यूयोर्कमा तालिम दिन थालिएको छ । पाँचौं मिस नेपाल युएस प्रतियोगिता शनिवार हुँदैछ । न्युयोर्कमा बिभिन्न प्रकारका तालिम प्रारम्भ गरिएको मिस नेपाल युएस का संचालक समितिका निर्देशक सैलेश श्रेष्ठले बताए । यो क्रमले निरन्तरता पाउने उनले जानकारी दिए ।

nepal us-10तालिममा प्रतियोगीहरुले शनिवार (अगष्ट २२) मा हुने प्रतियोगितामा प्रस्तुति गर्नुपर्ने सबै तालिम दिने व्यवस्थाको लागि अनुभवी तथा ख्यातीप्राप्त व्यक्तित्वहरुले उचित प्रशिक्षण दिई रहेको आयोजकले जनाएको छ ।

उक्त तालिमको लागि मिस नेपाल युएसका संस्थापक अमित शाह, संचालक समितिका निर्देशक शैलेश श्रेष्ठ, नृत्य निर्देशक मोना हजारिका तथा २०१२ कि नेपाल लिम्बु सुन्दरी प्रतियोगिताकी कि बिजेता तथा ड्रेस डिजाईनर (पोशाक रूपकार) निलिमा मादेनले प्रशिक्षण दिईरहेका छन् ।
nepal us-top ten-2बिहानदेखि साँझ सम्म हुने उक्त तालिममा परिचयात्मक प्रस्तुतिको साथै क्याट वाक तथा अन्य तालिम प्रदान गरिएको अमित शाहले बताए । नेपालको पुनर्निर्माणमा सहयोग गर्ने उद्देेश्यले गरिने कार्यक्रम हो । यसपाली बलिउडका कलाकार मनिषा कोइराला तथा गुलशन ग्रोभरको सहभागिताले रहने शाहले बताए ।

तालिममा सहभागी हुने १० प्रतियोगीहरुको प्रस्तुति देख्दा सबै प्रतियोगी ट्यालेन्ट रहेको शाहले बताए । दश मध्ये कसले पहिरेला पाँचौ नेपाल-अमेरिका सुन्दरीको ताज भन्नै नसकिने रहेको आयोजकहरु बताउँछन् ।

पाचौ मिस नेपाल युएस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट प्रतियोगीहरु सहभागी रहेका छन् । अन्तिम दशौैंमा पर्ने प्रतियोगीहरुमा बिभुति बराल (लस् एन्जेलस), दिभ्या भण्डारी (म्यारिल्याण्ड), सज्योत्शाना पराजुली (ओहायो), सकौसली लामा (मिनेसोटा) स्नेहा झा (टेक्सास), प्रियंका थपलिया नर्थ क्यारोलिना), रचना ज्ञवाली (मिनेसोटा), स्यारोन गामी (न्युयोर्क), स्मृति गिरी (क्यालिफोर्निया) तथा ब्रिटिस कोलम्बियाकी सुनिता पुनले प्रतियोगितामा भाग लिई रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?