Comments Add Comment

आजदेखि ‘होस्टेल रिटर्न्स’, काम लाग्ला सुशीलको सलमान स्टाईल ?

Hostel-returns-posterकाठमाडौ । आजदेखि मुलुकभर ९० वटा हलवाट होस्टेल रिटन्र्स प्रदर्शन हुने भएको छ । वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि चलेको ब्यानरको फिल्म प्रदर्शन हुन लागेको यो नै पहिलो हो ।

यसमा मुख्य भूमिका निर्वाह गरेका नायक सुशील श्रेष्ठको सलमान स्टाईलको फिगरले पहिल्यै चर्चा पाईसकेको छ । सलमानकै शैली पछ्याउँदै गरिएको कपडाबिहीन फोटोसुट पोष्टरमा प्रयोग गरिएको छ ।

भूकम्पपछि केही हिन्दी फिल्मले राम्रै ब्यापार गरे पनि नेपाली चलचित्रले गतिलो ब्यापार गर्न सकेका छैनन् । सुरज भुसालको निर्देशन रहेको यस चलचित्रमा किशोर किशोरीको होस्टेल जिन्दगी प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

प्रायः कलाकारहरु अभिनित यो फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।

दुर्गिश फिल्मसले निर्माण गरेको यस फिल्मप्रति चलचित्रकर्मी समेत आशावादी छन् । आजैदेखि बलिउड चलचित्र ‘अल इज वेल’ र अंग्रेजी चलचित्र ‘फयान्टास्टिक फोर’ प्रदर्शन हुने भएको छ ।

उमेश शुक्ला निर्देशित ‘अल इज वेल’ मा अभिषेक वच्चन, असिन, ऋषि कपुर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । जोस ट्रांक निर्देशित ‘फयान्टास्टिक फोर’ मा माईल्स टेलर, माईकल बी जोर्डन, केट मारा लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment