४ भदौ,काठमाडौं । प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटेलाई शहीद घोषणा गर्न र इन्काउन्टरमा संलग्न प्रहरीलाई कानुनी कारवाहीको दायरामा ल्याउन कांग्रेस सभासदले माग गरेका छन् ।
काठमाडौं-६ का सभासद भिमसेनदास प्रधानले घैंटेको गैरन्यायिक हत्या भएको भन्दै प्रहरीमाथि कारवाही माग गरेलगत्तै अर्की सभासद कौशर साहले शहीद घोषणको माग गरेकी हुन् ।
व्यवस्थापिका संसदको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सभासद शाहले घैंटेको गैरन्यायिक हत्या भएकाले उनलाई शहीद घोषणा गरिनुपर्ने बताइन् ।
सभासद साहले कुमार श्रेष्ठ काठमाडौं महानगरपालिका २९ नम्बर वडाका समाजसेवी थिए भन्दै उनलाई प्रहरीले षडयन्त्रपूर्वक हत्या गरेको आरोप लगाइन् ।
साहले भनिन्-कुमारको पछाडि सादा पोशाकका प्रहरी खटाइएपछि उनले केही दिनअघि मानव अधिकार आयोगमा निवेदन दिएका थिए । आयोगले यसबारे सोध्दा महानगरीय प्रहरीले उनीमाथि कुनै मुद्दा नरहेको भनेकोमा एकाएक हत्या गरियो ।
प्रतिक्रिया 4