Comments Add Comment

‘बौद्धिक चोर’ नै त्रिविको उपकुलपति बन्न लागेपछि !

६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका लागि सिफारिसमा परेका प्रा.डा. तीर्थराज खनियाँ ‘बौद्धिक चोर’ रहेको चर्चा यतिबेला फेरि एकपटक सनसनी खेज बनेको छ । आफूले लेखेको आर्टिकलमा अर्काको हुबहु सार्ने र वौद्धिक चोरी गर्ने व्यक्तिले त्रिविको जिम्मेवारी लिएर देशमा कस्तो वौद्धिक जनशक्ति उत्पादन गर्ला भन्ने प्रश्नसमेत यतिबेला सतहमा आएको छ ।

Tirtha-Khaniyaडा. खनियाँको नाम त्रिवि उपकुलपतिमा शनिबार सिफारिस भइसकेको छ । तर, उपकुलपतिमा सिफारिस भएसँगै उनले ९ वर्षअघि गरेको वौद्धिक चोरीको प्रशंग फेरि एकपटक सतहमा आएको छ ।

टर्किस लेखकको रचना हुबहु चोरी

डा. खनियाँले सन् २००४ देखि २००६ सम्म त्रिविको शिक्षा डिपार्टमेन्ट प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यसबेला उनले ‘नेपाल इङ्लिस लेङ्वेज टिचर्स एसोसिएसन (एनईएलटीए) को जर्नल (२००६, भोल्युम ११, नम्बर १-२) को १७ औं पृष्ठमा ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्रीको प्रयोग’ शीर्षकमा लेख लेखेका थिए ।

उक्त लेखको अन्तिमसम्मको भागमा डा. खनियाँले फेरिट किलिक्किैयाको लेखबाट हुबहु कपी पेस्ट गरेका थिए । फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालय, अंकारा टर्कीका प्राध्यापक हुन् । उनले सन् २००४ मा इन्टरनेट टीएइसएल जर्नलमा लेख लेखेका थिए । ‘इएफएल कक्षा कोठामा प्रामाणिक सामाग्री एवं सांस्कृतिक वियावस्तु’ शीर्षकको सोही लेखबाट डा. खनियाँले सन्दर्भ सामाग्रीको उल्लेनख नगरिकन आफ्नो लेख तयार पारेका थिए ।

खनियाँको यस्तो बौद्धिक चोरीबारे त्यतिबेलै प्रश्न उठेको थियो । त्यसबेला खनियाँले आफूले सन्दर्भसामाग्रीमा फेरिटको नाम छुटाएको र त्यसलाई सच्याउने जवाफ दिएका थिए ।

त्यसबेला खनियाँले गरेको वौद्धिक चोरीबारे दि हिमालयन टाइम्समा समेत समाचार छापिएको थियो ।

Tirtha Khaniya Article 10

अर्का प्रा.डा. अख्तियार धाउँदै

त्रिभुवन विश्व विद्यालयमा प्राध्यापकहरुले नै वौद्धिक चोरी गर्ने गरेको घटनामा डा. खनियाँ मात्रै एक्ला होइनन् । शिक्षामन्त्री चित्रलेखा यादवले त्रिभुवन विश्व विद्यालय अनुसन्धान आयोगमा नियुक्त गरेका प्रा.डा. केदारनाथ घिमिरे यस्तै वौद्धिक चोरी को केसमा फसेका छन् । (घिमिरेको चर्तिकला यहाँ पढ्नुहोस्)

त्रिवि सेवा आयोगमा रहँदा प्रा.डा. घिमिरेले भारतीय दुई लेखको रचना ‘कपी-पेस्ट’ गरेर लेख लेखेपछि उनी कालोसूचीमा परेका थिए । आयोगमा अनियमितता गरेको अभियोगमा घिमिरेसहित अख्तियारमा परेको उजुरी अझैसम्म विचाराधीन छ ।

खनियाँले सारेको लेख र त्यसको मूल स्रोत यहाँ हेर्नुहोस्
(पहेंलो लगाइएको अंश खनियाले सारेका हुन्, रातो फेरिटको लेखको हाइलाइट हो)

Tirtha Khaniya Article (1)

Tirtha Khaniya Article (2)

Tirtha Khaniya Article (3)

Tirtha Khaniya Article (4)

Tirtha Khaniya Article (5)

Tirtha Khaniya Article (6)

Tirtha Khaniya Article (7)

Tirtha Khaniya Article (8)

Tirtha Khaniya Article (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment