Comments Add Comment

तारा एयरको जहाज पञ्चट हुँदा पोखरा एयरपोर्टमा उडान-अवतरण अबरुद्ध

सन्देश श्रेष्ठ
Tara Air८ भदौ, पोखरा । तारा एयरको ई’को 9N-AKE  कलसाईन भएको जहाजको टायर रन-वे मै पञ्चर भएपछि पोखरा विमानस्थल अबरुद्ध भएको छ । तीन चालक दलसहित १७ जना बोकेर मुस्ताङ उड्न लागेको जहाजको टायर पञ्चट भएको हो ।

जहाजमा कुनै क्षेति नभएको र यात्रु सबै सकुशल रहेको पोखरा एयरपोर्ट कार्यालयले जनाएको छ ।

पञ्चर भएको तारा एयरको सो जहाज रन-वेमै भएका कारण पोखरा एयरपोर्टमा उडान र अवतरणमा समस्या भएको छ । अहिले पञ्चर भएको जहाज रन-वे बाट हटाउने प्रयास भइरहेको पोखरा एयरपोर्ट कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment