Comments Add Comment

अप्रिलियाले भित्रायो २४ लाखको स्पोर्टी बाइक

१० भदौ, काठमाडौं । इटालियन ब्रान्ड अप्रिलियाले प्रमियम सेगमेन्टको स्पोर्टस् बाइक नेपाली बजारमा भित्राएको छ । आकर्षक डिजाइनमा रहेको अप्रिलिया डोर्सोड्युरो बिहीबार काठमाडौंमा सार्वजनिक गरियो ।

अप्रिलिया डोर्सोड्युरो ७५० सीसीको हेभी बाइक हो । यसको मूल्य नेपालमा २४ लाख रुपैयाँ तोकिएको छ । नेपालका प्रिमियम बाइक पारखीहरुलाई लक्षित गर्दै हेभी बाइक भित्राएको कम्पनीको भनाई छ ।

aprilia-dorsoduro-750 Final photo

औपचारिक रुपमा बाइक सार्वजनिक नहुँदै २ वटा बुकिङ आइसकेको अपि्रलियाको नेपाली बिक्रेता जेएनजे इन्टरनेशनलले बतायो । यस वर्ष १० वटा बाइक बिक्री गर्ने लक्ष्य रहेको कम्पनीका मार्केटिङ प्रमुख सन विल्सनले बताए ।

बाइकको सस्पेन्सन लामो भएको हुँदा नेपाली सडक सुहाउँदो छ । झट्ट हेर्दा डट बाइकजस्तो देखिए पनि यो स्पोर्टस् बाइक हो । यसले नेपाली बजारमा डुकाटी, एमभी अगष्टा, सुजुकी, होन्डा लगायतका प्रिमियम बाइकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

आधुनिक प्रविधि अपनाइएको यो बाइकको उत्कृष्ट प्रफोमेन्स उत्कृष्ट रहेको कम्पनी बताउँछ । कम्पनीका अनुसार यसले नेपाली सडकमा प्रतिलिटर १५ किलोमिटर माइलेज दिनेछ । यसमा १२ लिटरको ट्यांकी रहेको छ ।

यसको सबैभन्दा उत्कृष्ट फिचरका रुपमा पावर मोड रहेको छ । स्पोर्ट, टुरिन र रेन गरी यसमा तीनवटा मोड रहेका छन् । बढी पावरमा चलाउँदा स्पोर्ट मोडमा लैजान सकिन्छ ।

कम पावरमा तेल बचाएर चलाउने हो भने टुरिन मोडमा लैजान सकिन्छ । पानी आएको बेला चिप्लो सडकमा चलाउनु परेमा रेन मोडमा लैजान सकिने कम्पनीले जनाएको छ ।

यसको टप स्पिड २४० किलोमिटर प्रतिघण्टा रहेको छ । पछाडिको चक्का १७० मिलिमिटर मोटाइको छ भने अगाडिको चक्का १२० मिलिमिटर मोटाइको छ ।

उचाई ८६५ मिलिमिटर रहेको छ । अगाडिको चक्का डबल डिस्क छ भने पछाडिको चक्का सिंगल डिस्क रहेको छ । आकर्षक लाइट डोर्सोड्युरोको अर्को विशेषता हो ।

aprilia dorsoduro bike 2

पछाडिको सिटमुनी दुईवटा साइलेन्स पाइप राखिएको छ । जसले बाइकलाई थप अकर्षक देखाउन मद्दत गरेको छ । बाइक नेपाली पि्रमियम उपभोक्तामाझ लोकपि्रय हुने विश्वास कम्पनीको छ ।

१२०० सीसीको भित्राउँदै

कम्पनीले प्रिमियम बाइकका पारखीलाई लक्षित गर्दै अप्रिलिया डोर्सोड्युरो १२०० सीसीमा समेत भित्राउन लागेको छ । यसको मूल्य नेपाली बजारमा ४० लाखको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

मिड रेञ्जका बाइक लिएर नेपाली बजारमा प्रवेश गरेको एप्रिलियाले सबै सेगमेन्टका बाइकहरु उपलब्ध गराउने भएको छ । ‘नेपालमा प्रिमियम बाइकको बजार बढ्दैछ’ अप्रिलियाका मार्केटिङ प्रमुख विल्सनले भने- ‘केही महिना भित्रमा १२०० सीसीको डोर्सोड्युरो भित्राउँछौं ।’

यसको अलवा इन्टि्र लेवलको १२५ सीसी बाइक पनि भित्राउने बताइएको छ । पछिल्लो सयम नेपालमा बढ्दै गइरहेको स्कुटर बजारलाई मध्यनजर गर्दै स्कुटर समेत भित्राउने विल्सनले जानकारी दिए ।

४० वटा अप्रिलिया नेपाली सडकमा

अप्रिलियाले १५० सीसीको बाइक सार्वजनिक गरेर नेपाली बाइक बजारमा प्रवेश गरेको हो । अहिले अपि्रलियाका करिव ४० वटा बाइक नेपाली सडकमा कुद्छन् ।

नेपाल भित्रिएको छोटो समयमै अप्रिलिया उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाई छ । १५० सीसी अफरोड बाइकको मूल्य ३ लाख ३ हजार रुपैयाँ रहेको छ भने अनरोड बाइकको २ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले नेपालमा अप्रिलिया बाइकको आक्रमक बजार विस्तारमा लाग्ने जनाएको छ । यही क्रममा उपत्यका बाहिर निकट भविष्यमा ३ वटा एक्सक्लुसिभ शो-रुम विस्तार गर्न लागको विल्सनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment