Comments Add Comment

यू-१९ साफ फाइनलः भारतसँग बदला लिने अबसर

११ भदौ, काठमाडौं । उमेर समूहमा होस् वा सिनियर फुटबलमा होस्, भारत र नेपाल चिरप्रतिद्वन्द्वी हुन् । पछिल्लो समय नेपालमाथि भारत हावी हुँदै आएको छ ।

Nepal-Vs-India

दुई साता अघि भएको यू-१६ साफमा नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएको थियो । शनिबार पहिलो यू-१९ साफ च्याम्पियनसिपको उपाधिका लागि भिड्दा नेपाललाई भारतसँग बदला लिने मौका हुनेछ ।

नेपाल र भारतबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजेपछि हुनेछ । नेपाली टोलीमा रक्षक गौरव बुढाथोकी हुने छैन । अन्य केही खेलाडी परिर्वतन हुन सक्नेछ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जन नेपाल उपाधि जित्न सक्षम रहेका बताए । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक महर्जनले नेपाली फुटबल टोली महत्वपूर्ण खेलमा भारतसँग पराजित हुँदै आएको अवस्थामा घरेलु मैदानमा बदला लिने राम्रो अबसर भएको बताए ।

nepal vs afganistan (10)

भारतीय प्रशिक्षक सेद सबिर पासाले शनिबारको खेल आफ्नो टोलीका वास्तविक परीक्षा भएको बताए । नेपालको कडा चूनौती समाना गर्दै आफ्नो टोलीले उपाधि जित्ने उनको विश्वास थियो ।

नेपाल र भारत दुबै समूह विजेताका रुपमा सेमिफाइनलमा पुगेका थिए । फाइनलमा पुग्न नेपालले अफगानिस्तानलाई ३-२ ले पराजित गरेको थियो भने भारतले वंगलादेशलाई सडन डेथमा ४-३ ले पाखा लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment