Comments Add Comment

सरकारी कार्मचारीको काम सार्वजनिक गर्ने एप्स बन्दैछः मन्त्री पण्डित

१३ भदौ, काठमाडौं । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी सरुवा बढुवा र उनीहरुको कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माण गर्न लागिएको बताएका छन् ।

LalBabu-Panditदिनेशकुमार पोख्रेलको पुस्तक ‘सुशासनका लागि विद्युतीय अवधारणा’ सार्वजनिक गर्दै मन्त्री पण्डितले त्यो लागु भएपछि सरुवा बढुवा लागि कसैले कसैको शक्ति लगाउनु नपर्ने बताए ।

उनले भने-‘को कर्मचारी कहाँ कसरी काम गरिरहेका छन्, त्यो एप्सले सार्वजनिक रुपमा देखाइदिन्छ । पहिला एक जना सुब्बाले चाहेको ठाँउमा सरुवा गराउन ३५ जना सभासद लिएर आएका थिए । यो एप्स आएपछि यो समस्या हट्छ ।’

मन्त्री पण्डितले आफूहरुले सुरु गरेको डीभी र पीआर लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने दावी गरे ।

उनले विभिन्न ठाँउमा विभिन्न नाममा भइरहेका आन्दोलन प्रति लक्षित गर्दै मुलुकको अखण्डता र सार्वभौमीकताकोलागि रक्षाको लागि आफू पछि नपर्ने समेत स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment