Comments Add Comment

शङ्कास्पद अवस्थामा भेटियो किशोरीको शव

१४ भदौ, गौशाला । महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शङ्कास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ ।

Kuwaसुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर्षीया छोरी सविताको शव सोही ठाउँमा रहेको इनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

शनिबार दिउँसो ३ बजेदेखि घरबाट हराएकी सविताको शव सोमबार बिहान इनारमा शङ्कास्पद मृत्यु भएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

यादवको प्रेम प्रसङ्गका कारण घर परिवारका सदस्यसँग शनिबार झगडा भएको थियो भने सोही दिनदेखि उनी अचानक घरबाट हराएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयले यादवको हत्या वा आत्महत्या हुनसक्नेबारे अनुसन्धान सुरु गरिसकेको छ । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment