Comments Add Comment

नवलपरासीमा निषेधित क्षेत्र घोषणा तीन दिन थप

१४ भदौ, कावासोती । जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित क्षेत्र घोषणा तीन दिन थपेको छ । यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । यसअघिको निषेधित क्षेत्र घोषणाको समय सोमबार बेलुकी सकिँदैछ ।

पूर्वपश्चिम लोकमार्गको भुताहादेखि सुनवलसम्मको १२ किलो क्षेत्र, यसको दायाँबायाँका ५०० मिटर क्षेत्र, भैरहवा-भूमही सडकखण्डको बालगोविन्द पेट्रोलपम्पको पश्चिम मञ्जरिया चोक हुँदै रामग्राम नगरपालिकाको दक्षिण भेगबाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ । यसैगरी परासीको बुद्धचोकदेखि सुनवल चोकसम्म दायाँबायाँ ५०० मिटर क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।

निषेधित क्षेत्रमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, सम्मेलन तथा प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र थप गरिएको प्रमुख जिल्ला अधिकारी मैनालीले बताए ।

तीन सातादेखिको बन्दले नवलपरासीको जनजीवन प्रभावित छ । मधेसी मोर्चा र थरुहट थारुवान संघर्ष समिति विरोध प्रदर्शनमा उत्रेका छन् ।

दाउन्ने पूर्वका बासिन्दा भने सीमांकनमा चार नम्बरको प्रदेशमा परेको खुसीयालीमा मैनबत्ती बाल्ने, स्वागत र्‍याली निकाल्ने जस्ता काम गरिरहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment