Comments Add Comment

गृह मन्त्रालयले बाँड्यो ‘आर्थिक सहायता’

१६ भदौ, काठमाडौं । गृहमन्त्रालयले विभिन्न व्यक्तिहरुलाई लाखौं रुपैयाँको ‘आर्थिक सहायता’ र ‘क्षतिपूर्ति’ बाँडेको छ । नेपाल सरकारबाट आर्थिक सहायता पाउनेमा भारतीय नागरिकसमेत छन् ।

यसैक्रममा रमेशजंग रायमाझीले २५ लाख रुपैयाँको आर्थिक सहायता माग्दै गृहमन्त्रालयमा निवेदन दिएका छन् । त्यस्तै कमल प्रकाश सुनुवारले ५ लाख र हिराबहादुर थापाले २ लाख रुपैयाँ माग्दै सोमबार गृह मन्त्रालयमा निवेदन हालेका छन् ।

उनीहरुलाई यति ठूलो रकम कुन प्रयोजनका लागि भुक्तानी गरिएको र उनीहरु कुन जिल्लाका बासिन्दा हुन् भन्ने गृहले खुलाएको छैन ।
त्यसैगरी गृहमन्त्रालयले सुर्खेतका टीकाराम गौतम, मानबहादुर बीसी र गोपालसिंह रजवारको परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ३० लाख रुपैयाँ आर्थिक सहायता भुक्तानी गरेको छ ।

उता जिल्ला प्रशासन कार्यालयमार्फत डगौरा चौधरीलाई १ लाख रुपैयाँ भुक्तानी गर्ने गृह मन्त्रालयले निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामार्फत् भारतीय नागरिक मोतीलाल साहका छोरा आशिषकुमार साहलाई सरकारले ६ लाख रुपैयाँ आर्थिक सहायता भुक्तानी गर्ने निर्णय गरेको छ ।

बाराका मृतक कञ्चनकुमारी ठाकुरका हकदारले ६ लाख रुपैयाँ गृहमन्त्रालय मार्फत् भुक्तानी पाएका छन् ।

Home ministri

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment