Comments Add Comment

मेची राजमार्गको दर्जनौ स्थानमा पहिरो, बाटो अबरुद्ध

रविन भट्टराई
१७ भदौ, ताप्लेजुङ । मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ-पाँचथर सडक खण्डको दर्जनौ स्थानमा पहिरो जाँदा बिहीबार बिहानै देखि यातायात अबरुद्ध भएको छ ।

pahiro1राजमार्गको ताप्लेजुङ-काबेली सडक खण्डको विभिन्न स्थानमा साना तथा ठुलो दर्जनौ पहिरो झर्दा ताप्लेजुङबाट पाँचथर, ईलाम झापा हुँदै धरान सम्म जाने साना तथा ठुला यात्रुवाहक तथा मालबाहक सवारीसाधन बीच बाटोमानै अबलपत्र परेका छन् । सडक माथिबाट झरेको ठुलो पहिरोले ताप्लेजुङको खोक्से खोला छेउमा करिव २५ मिटर सडक पुर्दा तीन दर्जन बढि सवारीसाधन पहिरोको दुबैतर्फ रोखिएको सडक डिभिजन कार्यालयका नविन उप्रेतीले बताएका छन् ।

सडकमा खसेको पहिरो पन्छाउन एउटामात्र स्काभेटर रहेकाले सडक खुलाउन आझै पाँच, छ घण्टा लाग्न सक्ने उप्रेतीको भनाई छ । पहिरो माथिबाट झरीरहने भएकाले र सिम सिम पानी परेकाले अबरुद्ध सडक खुलाउन समस्या भएको छ ।

ताप्लेजुङ सदरमुकाम तर्फको भागबाट पहिरो पन्छाउने स्काभेटर नहुँदा समय धेरै लाग्ने उनको भनाई छ । सदरमुकाममा रहेका स्काभेटरहरुलाई खबर गरी तत्काल बाटो खुलाउने प्रयास गर्न सडक डिभिजन कार्यालयलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौलाले बताए ।

सो स्थानमा नेपाल प्रहरी, ससस्त्र, नेपाली सेनाको केहि टोली पुगे पनि मेसीनबाट मात्र बाटो खुलाउन सकिने भएकाले काम तीब्ररुपमा हुन सकेको छैन । झरी परीरहेकाले अन्य स्थानका ससाना पहिरो पनि खसीरहेकाले सडक मार्गमा पहिरोको जोखिम अझै बढेको छ ।

ताप्लेजुङ-पाँचथर सडकखण्ड अन्तर्गत खोक्से खोला क्षेत्रमा वर्षेनि बर्षातको समयमा पहिरो खस्ने भएपनि सडक डिभिजन कार्यालय ईलामले यस क्षेत्रमा पहिरो पन्छाउन मेसीन र जनशक्ति नखटाउँदा सानो पहिरो झर्दा समेत घण्टौँ सम्म बाटो अबरुद्ध हुने गरेको छ । मेचि राजमार्गको सबै क्षेत्र ईलाममा रहेको सडक डिभिजन कार्यालयले हेर्ने हुँदा ईलाम बाहेकका क्षेत्रमा भत्कीएको बाटोको सुधार तथा मर्मतमा सडक डिभिजन कार्यालयले खासै चासो दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment