१७ भदौ, काठमाडौं । भारतीय मोटर्स निर्माता कम्पनी टाटाको बिहीबारदेखि राजधानीमा कार मेला सुरु भएको छ । टाटाको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले राजधानीको नक्सालमा टाटा कार मेला सिजन थ्री सुरु गरेको हो ।
पूर्ण पारिवारिक माहोलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरि मेला आयोजना गरिएको छ । मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्जहरु प्रर्दशनी तथा बिक्रीमा राखिएको छ ।
यसका साथै बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, ९० प्रतिशतसम्म फाइनान्स सुविधा, गाडी बीमाको सुविधाहरु, फुड स्टल, बी-बोइङ, नेल पेन्टिङ, गेम स्टल एवं खेल प्रतियोगिताहरु मेलाका आकर्षण रहेका छन् ।
मेलामा भाग्यशाली विजेताहरुलाई निःशुल्क गाडी बीमाको सुविधा, फ्रि इन्भटर, फ्रि मोबाइल सेट र दुई जोडीलाई फ्रि दुबई ट्रिप समेत प्रदान गरिने बताइएको छ ।
विशेष गरि टाटाका कार र यूभि प्रयोकर्ताहरुका लागि लक्षित गरिएको उक्त मेलामा सम्पूर्ण दर्शहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
चार दिनसम्म सञ्चालन हुने मेलामा तीन हजार भन्दा बढी दर्शकहरुको उत्साहजनक सहभागिता रहने कम्पनीको विश्वास छ । मेला भदौ २० गतेसम्म सञ्चालन हुने बताइएको छ । सिप्रदी ट्रेडिङले सन् २००० देखि टाटा पेसेन्जर गाडीहरु बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया 4