१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमबीबीएस र बीएएमएस अध्ययनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र कर्मचारीको कोटा थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ ।

त्रिविले हालै मात्र पूर्ण प्रतिस्पर्धाको कोटा कटौटी गरेर प्राध्यापक र कर्मचारीको कोटा थप गरेको थियो । यसअघि प्राध्यापक र कर्मचारीकोे सन्ततीका लागि एक कोटा भएकोमा हालै एक थपेर दुई बनाएको थियो ।
खुला प्रतिस्पर्धाबाट अध्यन गर्न पाउने अवसरलाई संकुचन गरेर कर्मचारीको सन्ततीलाई कोटा थप्नु न्यायोचित नभएको अख्तियारको ठहर छ ।
अख्तियारले कोटा बढाउने निर्णय कार्यान्वयन नगर्न ऐनको दफा २८ बमोजिम विभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानलाई लेखी पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4