Comments Add Comment

गोविन्द केसीको ज्यान जोगाउन माग गर्दै पोखरामा र्‍याली

सन्देश श्रेष्ठ

Pokhara
१८ भदौ, पोखरा । मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै पोखरामा शुक्रबार बिहान दबाब र्‍याली निकालिएको छ । सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको समन्वय तथा पोखराका विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा दवाबमूलक र्‍याली निकालिएको हो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गाबाट शुरु भएको र्‍याली विपीचोक, भीमसेनचोक हुँदै नयाँबजारस्थित ओमशान्ति भवनमा प्राङ्गणमा पुगेर समापन भएको थियो ।

र्‍यालीमा मेडिकल एशोसियसनमा आबद्ध चिकित्सक, प्राध्यापक, नर्स, वकिल, व्यवसायी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको सहभागिता थियो । सहभागीहरुले डा.गोविन्द केसीको जीवन रक्षा गर, मेडिकल शिक्षा सर्वसुलभ गर, मेडिकल शिक्षामा देखिएको भ्रष्टाचार अन्त्य गर लगायतका नारा लेखिएका प्ले-कार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment