Comments Add Comment

ताप्लेजुङमा कार्यालय सहयोगीलाई छुट्टै ब्यारेक

१८ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा प्रहरी हवल्दार, प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगीका लागि छुट्टै व्यारेक भवन निर्माण सम्पन्न भएको छ ।

यहाँका प्रहरी प्रमुख (डिएसपी) शान्तिराज कोइरालाको प्रयासमा विभिन्न निकायको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको शुक्रबार बिहान एक कार्यक्रमका बीच स्थानीय विकास अधिकारी उमेश पाण्डेले उदघाटन गरे ।

जिल्ला विकास समिति ताप्लेजुङको रु तीन लाख ४४ हजार, जिल्लाका स्थानीयवासीद्वारा रु ५२ हजार ५०० र प्रहरी जवानबाट करिब रु ४० हजार बराबरको जनश्रमदानबाट दुईकोठे भवन निर्माण भएको हो ।

कार्यालय सहयोगी तथा अन्य प्रहरी जवान बस्ने छुट्टै र सुरक्षित भवन नहुँदा समस्या हुँदै आएकाले उनीहरुको सहजताका लागि पहिलो पटक छुट्टै भवन निर्माण गरिएको प्रहरी प्रमुख (डिएसपी) कोइरालाले बताए । कार्यक्रममा भवन निर्माणमा श्रमदान गर्ने प्रहरी जवानलाई पुरस्कृत र सहयोगी कार्यालयहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment