Comments Add Comment

असोजमा राष्ट्रिय गजल उत्सव हुने

१९ भदौ, काठमाडौं । नेपाली गजलको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय भुटानी सिर्जनशील मञ्च र भुटान गजल मञ्चको संयुक्त आयोजनामा आगामी असोज २ गते ‘राष्ट्रिय गजल उत्सव’ हुने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले पत्रकार सम्मेलन गरी १५०औँ मोतीजयन्तीका अवसरमा हुने राष्ट्रियस्तरको गजल उत्सवमा नेपाली गजलगोले प्रत्यक्ष रुपमा गाउने अन्तर्राष्ट्रिय गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझाले बताए ।

सोही अवसरमा यसै वर्षदखि दिन लागिएको ‘मोतीराम गजल साधना सम्मान २०७२’ मनु ब्राजाकी र सेतुराम सङ्गीत साधना सम्मान २०७२’ सङ्गीतकार हरि लम्साललाई दिइनाका साथै नेपाली गजलको विकास र विस्तारमा योगदान दिएबापत रेडियोकर्मी हेम भण्डारीलाई सम्मान गरिने छ ।

त्यस्तै नेपालमा बसोबास गर्दै आएका ८९ जना भुटानी गजलगोले लेखेका ऐतिहासिक संयुक्त गजल कृति पनि उत्सवमा विमोचन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment