Comments Add Comment

वैद्य नेतृत्वको ३३ दलीय मोर्चाले धर्ना दिने

२१ भदौ, काठमाडौं । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले २५ गते संविधानसभा भवन अगाडि धर्ना दिने भएको छ ।

फाइल फोटो
फाइल फोटो

मोहन बैद्य किरण संयोजक रहेको मोर्चाको सोमबार बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको हो ।

प्रमुख दलहरुले देशभर भइरहेको आन्दोलनलाई वेवास्ता गर्नुका साथै दमन गरेको र जनताको हितविपरीतको संविधान जसरी पनि जारी गर्न लागेको मोर्चाको आरोप छ ।

बैद्य नेतृत्वको ३३ दलीय मोर्चाले प्रतिगामी संविधान जबरजस्ती रुपमा जारी गरे बन्दसहितको आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment