+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एमाले अध्यक्ष ओलीलाई मधेसको खुलापत्र

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २२ गते ७:१८

ओलीजी,
तपाई देशको ठूलो दोस्रो पार्टीको आदरणीय अध्यक्ष हुनुहुन्छ र बिगत केही दिनदेखि तपाईको नाम राष्ट्रवादी नेताको रुपमा चिनिन थालेको छ ।

तर तपाईको बिचारमा राष्ट्रवादीको परिभाषा के छ त ? के आफ्नै देशका नागरिकलाई युपी बिहार जानको लागि उत्तेजित अभिब्यक्ति दिनु राष्ट्रवाद हो त ? के १ करोड मधेसीहरुको जनसंख्या भएको मधेस नेपालमै छैन भनेर अभिब्यक्ति दिनु राष्ट्रियता हो त ? पक्कै पनि होइन ।

Bikash-Thakurराष्ट्रियता भनेको देशमा रहेको सम्पूर्ण जातजाती, धर्म, समुदायको बिकास एवम् संरक्षणको लागि सोच्नुपर्ने हुन्छ जस्तो मलाई लाग्छ ।

तर मधेसी लगायत बिभिन्न उत्पीडित समुदायले अधिकार माग्दा गोली, बिकास माग्दा गोली दिने अधिकार तपाईकै निर्देशनमा गृहमन्त्री बनेका माननीय बामदेव गौतमलाई कसले दियो त ?

२०६२/६३ को जनआन्दोलन पश्चात नेपालमा लोकतान्त्रिक गणतन्त्रको शासनब्यवस्था कायम भएको हामीलाई अवगत भएकै कुरा हो तर पनि तपाईको अनुहारमा देखिएको ज्ञानेन्द्र शाहको झझल्कोले यो ब्यवस्था कायम नभएको अनुभूति हामीलाई भएको छ ।

अधिकार र धर्मको मुद्दामा खुलेर बोल्न चाहने आफ्नै पार्टीका नेता कार्यकर्ता एवम् सभासदहरुलाई दबाएर राख्नु कतिको जायज छ ?

नेपालको संबिधान २०७२ को निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ र यस संक्रमणकालीन अबस्थामा मधेसी लगायत सम्पूर्ण उत्पीडीत समुदाय आफ्नो अधिकारको लागि लडिरहेका छन् ।

अझपनि अधिकार माग्नेलाई गोली, विकास माग्नेलाई गोली दिनु भयो भने कति दिन चल्छ हाम्रो देश ?

टीकापुर, वीरगंज, भैरहवा र जनकपुर लगायत मधेसमा भएको सम्पूर्ण घटना तपाईकै बिबादास्पद अभिब्यक्तिले भएको छ यसलाई स्वीकादै तपाईले नै नैतिक जिम्मेवारी लिनुपर्ने हुन्छ । सीमांकनको बिषयमा कांग्रेस चुप छ भने अर्कोतिर एमाओवादी अध्यक्ष प्रचण्डजीले एमालेकै कारण मधेसी र थारुको माग सम्बोधन हुन सकेको स्पष्टोक्ति बिभिन्न सञ्चारमाध्यमबाट गरिसक्नु भएको छ ।

ओलीजी,

देश भनेको काठमाडौं, सिंहदरबार र बालकोट मात्रै होइन । झापाको एक साधारण परिवारमा जन्मिएर हाल देशको प्रधानमन्त्री बन्ने दाबी गर्दै हुनुहुन्छ तपाई । झापाबाट काठमाडौ आउने बाटोमा पनि मधेसको भुमी अबश्य पनि पर्छ ।

दोस्रो संविधान सभाको निर्वाचनमा पनि तपाईको पार्टीले आधा भन्दा बढी सीट मधेसबाटै जितेका हुन् भन्ने कुरालाई कदापी काट्न सकिदैन ।

मधेसी जनताले चुनावको समयमा एमालेलाई मत दिएर जिताउने र मधेसीहरुले अधिकार माग्दा गोली हान्ने यो कस्तो न्याय हो तपाईको अदालतमा ?

ओलीजी,

मधेसी जनताले उठाएको हरेक माग जायज छ, मधेसवादी नेताले गर्ने हरेक क्रियाकलाप राम्रो छ भनेर म भन्दिन तर सम्पूर्ण माग नै उपयुक्त छैन भनेर तपाईले भन्नु सरासर गलत हो ।

बिखण्डनको म घोर बिरोधी हुँ । तर, आफ्नै देशमा बिदेशी जस्तो बस्नु पनि उचित होईन भन्ने मलाई लाग्छ ।

बिगत २३ देखि सीमांकन र अधिकारको लागि मधेस-थरुहटमा जारी आन्दोलनले हालसम्म आन्दोलनकारी र नेपाल प्रहरीलाई मिलाई २९ जना नेपालीले शहादत प्राप्त गरिसकेका छन् । आन्दोलनको क्रममा शहादत प्राप्त सम्पूर्ण नेपालीहरुको भावनालाई कदर गर्दै घोषणा गरिएको दंगाक्षेत्र र कर्फ्यू तत्काल फुकुवा गर्न लगाई, सेनालाई तत्काल फिर्ता बोलाई असन्तुष्ट पक्षहरुसँग वार्ताको वातावरण बनाउन म हजुरसंग बिनम्र अनुरोध गर्दछु ।

ओलीजी,

अर्कोतर्फ हाम्रो देश नेपालमा हामी ९४५ सनातन धर्मालम्बीहरुको बासोवास छ । त्यसैले हाम्रो देशलाई धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र पनि कायम गरिनु पर्दछ । तपाईहरुको बिचारमा राष्ट्रको धर्म हुदैन रे । तर पाकिस्तान, बंगलादेश लगायत विश्वका थुप्रै देशहरु धर्म सापेक्ष छन् भने ९४५ सनातन धर्मालम्बीको बासोबास रहेको हाम्रो देश हिन्दु राष्ट्र किन हुन सक्दैन ?

उही तपाइँको

बिकाश कुमार ठाकुर
अध्यक्ष, हिन्दु युवा जनशक्ति संघ-नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?