Comments Add Comment

साङयोङले भित्रायो कम्प्याक्ट एसयुभी कार टिभोली

Ssangyong Tivoli Car

२३ भदौ, काठमाडौं । कोरियन मोटर कम्पनी साङयोङको कम्प्याक्ट एसयुभी गाडी ‘टिभोली’ नेपाली बजारमा भित्रिएको छ । साङयोङको नेपाली बिक्रेता कन्स्ट्यान्ट बिजनेश ग्रुपले बुधबार राजधानी टिभोली सार्वजनिक गर्‍यो ।

टिभोली नयाँ पुस्तालाई लक्षित गरी बनाइएको कम्प्याक्ट एसयुभी कार हो । आकर्षक डिजाइनमा रहेको टिभोलीको मूल्य ५३ लाख ५० हजार रुपैयाँ तोकिएको छ । टिभोली १६०० सीसीको पेट्रोल इञ्जिनमा उपलब्ध छ ।

‘नेपालमा पनि नयाँ पुस्तालाई लक्षित गर्दै टिभोली भित्राएका हौं’ कन्स्ट्यान्ट ग्रुपका प्रमुख राजेशकाजी श्रेष्ठले भने- ‘यो रेञ्जका गाडीमा टिभोलीले नेपाली ग्राहकको विश्वास जित्ने अपेक्षा गरेका छौं ।’

कारभन्दा ठूलो र जीपभन्दा सानो मिडियम साइजको गाडी खोज्नेलाई टिभोली उपयुक्त अप्सन हुने श्रेष्ठको भनाई छ । टिभोली सुरक्षाका दृष्टिकोणले समेत अब्बल रहेको कम्पनीले बताएको छ ।

Ssangyong Tivoli Car 2

यसले क्र्यास सेफ्टी, प्यासेञ्जर प्रोटेक्सन, ड्राइभिङ प्रफोमेन्स, एक्सिडेन्ट प्रिभेन्सन लगायतमा उच्च अंक पाएको थियो । यही कारण टिभोली बजारमा आएको ८ महिनामै ३३ हजार थानभन्दा बढी हुन सफल भयो । टिभोली नेपालमा सार्वजनिक नगर्दै २ थान बिक्री भइसकेको छ ।

टिभोली विभिन्न ७ कलरमा उपलब्ध छ । यसको बाहिरी आवरणमात्र नभई इन्टेरियर डिजाइन समेत आकर्षक रहेको छ । गाडीको अगाडि र पछाडिको लाइट आकर्षक बनाइएको छ ।

यसले काठमाडौंको सडकमा ८ देखि १० किलोमिटर र राजमार्गमा १५ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेको छ । ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको टिभोलीमा ४७ लिटर पेट्रोल अटाउने ट्यांकी रहेको छ । यसको अधिकतम स्पीड १७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

टिभोलीको हृवील बेस १६ मिलिमिटर रहेको छ, ट्रनिङ रेडियस ५.३ मिटर रहेको छ । गाडीको चारवटै चक्कामा डिस्क ब्रेक रहेको कम्पनीले बतायो । गाडी नेपाली बाटो सुहाउँदो रहेको बताइएको छ ।

Ssangyong Tivoli Car 3

टिभोलीले नेपालमा हुन्डाई क्रेटा, फोर्डको इकोस्पोर्ट लगायतका कम्प्याक्ट एसयुभी गाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हुन्डर्इ क्रेटा बिहीबार साँझ नेपाली बजारमा सार्वजनिक हुँदैछ ।

प्रिमियम गाडी उत्पादन गरेर बिश्वब्यापी चर्चा कमाइरहेको साङयोङले सबैजसो गाडी एसयुभी सेगमेन्टमा उत्पादन गरिरहेको छ । अहिले साङयोङले स्थापनाको ६१औं वाषिर्क उत्सव मनाइरहेको छ ।

दक्षिण कोरियाको सुप्रसिद्ध साङयोङ मोटर कम्पनीले विश्वका ८२ मुलुकमा एसयुभी गाडीहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

टिभोली नेपालमा नारायणहिटीको उत्तरढोका लाजिम्पाटबाट बिक्री वितरण भइरहेको छ । गाडीको बिक्री पछिको सेवा ललितपुरको ज्वागलस्थित अटो होम प्रालि र काठमाडौंको बालाजुस्थित मोटो इन्जिनियरिङ प्रालिले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment