Comments Add Comment

राजेन्द्र क्षेत्रीः चिसापानीदेखि जंङ्गीअड्डासम्म

Rajendra Chatri Sapath (8)

२४ भदौ, काठमाडौं । राजेन्द्र क्षेत्रीलाई बुधबार नेपाली सेनाको प्रधानसेनापतिको फूली लगाए ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा. रामवरण यादवले क्षेत्रीलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन् । नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधान सेनापति पदमा नियुक्त हुने क्षत्री पहिलो ब्यक्ति हुन् ।

तनहुँको चोक चिसापानी गा.वि.स.को दुधेकुनामा जन्मिएका क्षेत्री बि.सं. २०३५ सालमा तत्कालीन शाही नेपाली सैनिक शिक्षालय, खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट भएर राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

उनले प्रतिविद्रोह तथा जंगल युद्धकला, जुनियर स्टाफ, गुल्मपति र गणपति तालीमहरुमा उत्कृष्ट नतिजा हासिल गरेका छन् । उनी एक योग्य प्याराट्रुपर समेत हुन् ।

क्षेत्रीले सैनिक जीवनको प्रारम्भिक बर्षहरुमा भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी तथा एयर डिफेन्स आर्टिलरी सम्वन्धी तालिम लिएका छन् । अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्बाट कमाण्ड एण्ड जनरल स्टाफ कलेज तालीम प्राप्त गरेका क्षेत्रीले सन् २०१० मा युनाईटेड स्टेट्स आर्मी वार कलेज कार्लाइल, पेन्सलभानियाबाट आर्मी वार कलेज गरे ।

करिब ३६ वर्ष लामो सैनिक सेवाको अनुभव संगाले क्षेत्रीले त्रिभुवन विश्व विद्यालयबाट ईतिहास र अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर गरेका छन् ।

उनले तत्कालिन नं.४ हवाई सुरक्षा व्याट्री, श्री जगदल गण, नं.७ पदिक वाहिनी, नं.३ पदिक बाहिनी र मध्य पृतनाको कमाण्ड सफतापुर्वक सम्हालेका छन् । सवै तहका स्टाफ नियुक्तिमा काम गरेका उनले आफूलाई एक सफल स्टाफ अधिकृतको रुपमा समेत स्थापित गरेका छन् ।

उनले सशस्त्र द्वन्द्वकालमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा विश्लेषकको हैसियतमा गरेका गरेका थिए । उपरथी दर्जामा रहँदा उनले प्रबन्धरथी र सैनिक विनय महानिर्देशकको जिम्मेवारी सम्हाले भने रथी भएपछि बलाध्यक्ष विभाग र बलाधिकृत विभागको कार्यभार सम्हालेका थिए ।

क्षेत्रीले संयुक्त राष्ट्रसंघ शान्ति स्थापना कार्यमा लामो अनुभव बटुलेका छन् । उनले सन् २००२ देखि २००५ सम्म न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयको डिपार्टमेन्ट अफ पिस किपिङ्ग अपरेशनको मिलिटरी डिभिजनमा रणनीतिक योजना अधिकृतको रुपमा काम गरेका थिए ।

सेनापति क्षेत्री पैदलयात्रा, भ्रमण तथा अध्ययनमा रुची राख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment