+
+

टीकापुर घटनामा माओवादी लडाकु संलग्न : मानवअधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २४ गते १८:४४

२४ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुर घटनामा माओवादी लडाकूहरुको संलग्नता रहेको जनाएको छ । प्रहरीले गोली र अश्रुग्यास प्रहार भएपछि आक्रोशित आन्दोलनकारीले प्रहरीको हत्या गरेको आयोगको ठहर छ ।

थरुहट प्रदेश माग्दै आन्दोलनरत थारु समुदायले यही भदौ ७ गते टीकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा एसएसपीसहित नौं जनाको मृत्यु भएको थियो ।

राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले विहीबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘प्रहरी तर्फबाट प्रदर्शनकारी माथि अश्रुग्यास र गोली प्रहार हुन थालेपछि आक्रोशित प्रदर्शनकारीले प्रहरीको हत्या गरेको बुझिएको छ । जोशीपुर गाविसबाट आएका आन्दोलनकारीमा तत्कालीन नेकपा माओवादीका पूर्वलडाकूहरु पनि समावेश भएको बुझिएको छ ।’

घरेलु हतियार प्रहार गरी एसएसपी लक्ष्मण न्यौपाने लगायतका सुरक्षाकर्मीको हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । आफ्नै घरमा बसिरहेको समयमा खेतबारीबाट गोली प्रहार भई डेढ वर्षीय बालकको समेत हत्या भएको अनुगमनमा पाइएको आयोगले जनाएको छ ।

त्यसको भोलिपल्ट सभासद एवम् सर्वसाधारणका घरसम्पत्तिमा आगजनी भएको थियो । यो सुरक्षा संवेदनशीलता विपरित भएको आयोगको ठहर छ ।

आयोगले टीकापुर घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, सर्वसाधारण नेपाली जनताको सुरक्षा गर्न, मृतक परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको उपचारको व्यवस्था मिलाउन र यस प्रकारका घटना दोहोरिन नदिन सरकार तथा आन्दोलनरत पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

हेर्नुस् मानवअधिकार आयोगको विज्ञप्ति

NHRC Press Relese

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?