Comments Add Comment

पूर्खाले छाडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ : बाबुराम

Baburam-Bhattrai

२६ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले अखण्डको हठले नेपालको अखण्डता नै धरापमा पर्न लागेको बताएका छन् । अबको २४ घण्टाले पूर्खाले आर्जित गरेकाु र २०० वर्षसम्म भोग्दै आएको नेपालको अखण्डता जोगाउन सक्छौं कि सक्दैनौं भन्ने फैसला गर्ने उनले बताए ।

एउटा जाति, क्षेत्र वा समुदायले आफू मात्र नेपाली र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम रहन नसक्ने उनले बताए । एमाओवादी नेता भट्टराईले फेसबुकमा लेखेका छन् -‘नेपाल मात्र अखण्ड हो र त्यसभित्रका सबै इलाका संघीय ढाँचाहरु पुनसंरचना हुन सक्छन् भने बिर्सेर वा बुझ पचाएर आफ्नो चुनावी क्षेत्र, जिल्ला, अञ्चल वा विकास क्षेत्रलाई अखण्ड राख्ने हठले पूर्खाले छाडेर गएको नेपालको अखण्डता धरापमा पर्दछ !’

संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान छिटो जारी गर्नुपर्ने भन्दै उनले कुनै पनि बाहानामा संविधानसभालाई असफल बनाउने दुष्प्रयत्नलाई परास्त गर्नुपर्ने बताएका छन् ।

तर, देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको अवनत्व हुने संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने पनि त्यसलाई प्रतिष्ठाको विषय बनाउन नहुने उनले बताए ।

उनले भने-‘पूर्वदेखि पश्चिमसम्मको तराई मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र बिग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेको स्थिति बिस्फोटक बन्दै गएको अवस्थामा त्यसलाई सम्बोधन नगरी अघि बढ्ने हठ कसैले गर्नु हुँदैन ।’

भट्टराईले राजनीतिक समस्याको समाधान फौजी दमनले नहुने बताएका छन् । उनले भने-आजै वार्तामा बस्ने वातावरण बनाऊँ ! सम्वादबाटै समाधान खोजौं !देशको अखण्डता धरापमा नपारौं ! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment