Comments Add Comment

दमौलीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

२७ भदौ, दमौली । प्रहरी र स्थानीय प्रदर्शनकारीबीच झडप भएपछि तनहुँ सदरमुकाम दमौली आइतबार विहान तनावग्रस्त भएको छ ।

Tanahu Mapशनिबार सदरमुकाम दमौलीमा भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै आइतबार विहानैदेखि स्थानीयले विरोध प्रदर्शन गरेका थिए । स्थानीय व्यवसायी पनि पसल बन्द गरेर प्रदर्शनमा सहभागी भएका छन् ।

शनिबार साँझ होटल माछापुच्छ्रेको ढोका फोरेर प्रहरीले संचालक लालु गुरुङ र मोटरसाईकल सवार एक युवालाई समातेर जथाभावि कुटपिट गरेको विरोधमा स्थानीयले आइतबार विहान प्रदर्शन गरेका थिए ।

प्रहरीको कुटाइबाट गम्भीर घाइते होटल व्यवसायी गुरुङको दमौलीबाट उपचार सम्भव नभएपछि थप उपचारका लागि पोखरा लगिएको छ ।

यसअघि व्यास १ भादगाउँका १८ वर्षीय रोशन दुराको प्रहरीले हानेको गोली लागेर उपचारको क्रममा मणिपाल अस्पताल पोखरामा मृत्यु भएको थियो ।

प्रहरी ज्यादतीको विरोधमा स्थानीयले सडक अबरुद्ध पार्दै प्रदर्शन गरेका थिए । बाटो खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितर वितर पारेको छ ।

तनहुँको मानहुँ घर भई व्यास नगरपालिका १ निर्मलनगरमा बस्दै आएका १६ वर्षीय पूर्णबहादुर आलेमगरको रुखमा झुण्डिएको अवस्थामा सोमबार शव फेला परेको थियो । उनको हत्या गरेर झुण्ड्याइएको भन्दै पीडित परिवार र छिमेकीले मंगलबारदेखि आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनमा प्रहरीले गोली चलाउँदा भादगाउँका रोशन दुराको मृत्यु भएको थियो भने किरण गुरुङ, सुरज सुनार र केशव न्यौपाने घाइते भएका छन् । घाइतेहरुको पोखरामा अस्पतालहरुमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment