Comments Add Comment

अब नयाँ संविधान कति दिनमा आउँछ ?

Samsad-Sankalpa 650

२७ भदौ, काठमाडौं । संविधानसभा आइतबार साँझबाट मतदान प्रक्रियामा प्रवेश गरेको छ । संविधानसभामा प्रक्रिया भटाभटी अघि बढ्न थालेपछि नयाँ संविधान कहिले जारी हुन्छ भन्ने धेरैको मनमा कौतुहल जागेको छ ।

दलहरुको तयारी हेर्दा अब कुनै ठूलो उथल-पुथल नभए केही दिनमै संविधानसभाले नयाँ संविधान घोषणा गर्ने छ । स्रोत भन्छ-‘अहिले मिति तोकिएको छैन । तर, अहिलेसम्मको तयारी हेर्दा ३० गते संविधान घोषणा हुन्छ ।’

संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधान घोषणा हुन एक-दुई दिन लाग्न सक्ने आइतबार संविधानसभामा सम्बोधनका क्रममा बताएका छन् । योवीचमा आन्दोलनरत पक्षलाई सम्वाद र सहमतिमा आउन पहल समेत हुनेछ ।

तीव वटा धारा पारित

संविधानसभाले आइतबार मतदान सुरु गर्दै तीन वटा धारालाई संविधान विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । संविधानको धारा १ र २ मा कुनै संशोधन नै परेको थिएन । धारा ३ मा कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधन बहुमतले पारित गरेको छ ।

सविधानको विधेयकमाथि विभिन्न दलका सभासदले ५४ वटा संशोधन दर्ता गरका छन् । ठूला दलका सभासदहरुको व्यक्तिगत संशोधन फिर्ता हुने क्रममा छन् ।

प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले राखेको संशोधनको पक्षमा दुई तिहाइ बहुमत पुग्नेछ । अन्य अन्य संशोधन पास हुने सम्भावना छैन ।
मतदानको माग गर्न आवश्यक १० प्रतिशत सभासद कुनै पनि संशोधनकर्ताको पक्षमा नभएकाले ध्वनी मतबाटै त्यसको टुङ्गो लागाउन सुरु गरिएको छ ।

संविधानसभाका तीनवटा कार्यसूची मध्ये यो पहिलो कार्यसूची हो भने दोस्रो कार्यसूची अन्तरगत परिमार्जित विधेयक-२०७२ का धारा, उपधारा, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ खण्डलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव पेश हुनेछ ।

दुवै कार्यसूचीमा संविधानसभा प्रवेश गरिसकेको छ । सोमबार ११ बजे बस्ने बैठकमा बाँकी संशोधन र धाराहरूमाथि मतदान हुनेछ ।

संविधानसभाको तेस्रो तथा अन्तिम कार्यसूचीअन्तरगत परिमार्जित विधेयक पारित गरियोस् भनी निर्णयार्थ पेश गरिनेछ ।

स्रोतका अनुसार सोमबार र मंगलबारको बैठकमा नयाँ संविधानको विधेयकमा रहेका धाराहरुमाथि मतदान सम्पन्न गर्ने तयारी छ । कांग्रेस, एमाले र एमाओवादीले संयुक्तरुपमा दर्ता गरेको संशोधन नयाँ संविधानको विधेयकको अंग बन्ने पक्का छ ।

सचिवालय स्रोतले भन्यो-पर्सीसम्ममा संविधानसभाको प्रक्रिया सकिन्छ । त्यसपछि सभाध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले घोषणा गर्ने काम मात्र बाँकी रहन्छ ।’

तर, संविधान जारी हुने समय असन्तुष्ट दलहरुसँगको वार्ता प्रक्रियामा समेत भर पर्ने नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment