+
+

पाँचथर कारागारमा झडप, चौकीदारसहित ६ घाइते

२८ भदौ, पाँचथर । जिल्ला कारागार पाँचथरमा सोमबार दिउँसो कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । क्यान्टिनमा खाजा-खानाको शुल्क महंगो भएको विषयमा विवाद हुँदै आएकाले सोही विषयलाई लिएर झडप भएको बताइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ २८ गते १६:४८

२८ भदौ, पाँचथर । जिल्ला कारागार पाँचथरमा सोमबार दिउँसो कैदी बन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् । क्यान्टिनमा खाजा-खानाको शुल्क महंगो भएको विषयमा विवाद हुँदै आएकाले सोही विषयलाई लिएर झडप भएको बताइएको छ ।

Panchathar-Karagar-Fidim
पाँचथर कारागार । फाइल तस्वीर

झडपमा चौकिदार टेकनाथ रिजालसहित ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा चौकिदार रिजालसहित कैदीहरु प्रेमजंग केरुङ, हरि लावती, सन्तवीर आङदेम्बे, विजय श्रेष्ठ र चन्द्र विक घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार गराएर कारागारमा फर्काइसकेको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले जानकारी दिए ।

पाँचथर जिल्ला कारागारमा हाल १७१ जना कैदी बन्दी छन् । कारागारको क्षमता भने २५ जनाको मात्रै हो । कारागारमा इलाम, पाँचथर र ताप्लेजुङबासी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?