Comments Add Comment

माग्नेले दिपकलाई सोधे-‘हिट हुन दीपासँग लभको हल्ला फिजाउनै पर्छ’ ?

dipak-deepa-priyanka-and-magne-buda
यतिबेला चलचित्र ‘वडा नम्बर ६’को यूनिटलाई चलचित्रको प्रचारले छोएको छ । सडकदेखि विभिन्न कार्यक्रममा यसका कलाकार पुगिरहेका छन् । सोमबार काठमाण्डौमा आयोजना भएको ‘म्यूजिक खबर म्यूजिक अवार्ड’मा पनि यो चलचित्रको प्रचार खुबै गरियो । चलचित्र प्रचारका लागि यसका मुख्य कलाकार दिपकराज गिरी, प्रियंका कार्की, केदार घिमिरे र निमात्री दीपाश्री निरौला पुगेका थिए ।

सो समयमा कलाकारहरुले चलचित्रको प्रचार खुबै गरे । कलाकार केदार घिमिरेले खुबै हसाँएका थिए । उनले व्यङ्ग्यात्मक शैलीमा दिपकराज गिरीलाई सोधे-‘के हिट हुनका लागि दीपासँग लभ गरेको हल्ला फिजाउनै पर्छ त’ ? केदारको मुखबाट यो कुरा निस्किएसँगै हलमा थपडी बज्यो । दीपा भने लजाए जस्तो गरिन् ।

उनले आफू पनि चर्चित बन्नका लागि दीपासँग यस्तै चर्चा फैलाउन कोशिश गरेको भन्दै रमाइलो गरेका थिए । कलाकार दिपकराज गिरीले भने आफ्ना गुरु दिनेश डीसीको क्यारिकेचरमै समय बिताए । नायिका पि्रयंका कार्कीले भने चलचित्र असोज १ गतेबाट चल्ने कुरा मात्र गरिन् । दिपकका सहकर्मी कलाकारहरुले नै उनी र दीपाको सम्बन्धको कुरा कमेडी शैलीमा विभिन्न समयमा खोल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment