Comments Add Comment

अटो मेलामा स्कोडाको ‘यति’ र ‘अक्टाभिया’ सार्वजनिक

२९ भदौ, काठमाडौं । चर्चित मोटर निर्माता कम्पनी स्कोडाले दुईवटा मोडल अटो मेलामा सार्वजनिक गरेको छ । कम्पनीले एसयुभी सेगमेन्टको स्कोडा यति र सेडान सेगमेन्टको स्कोडा अक्टाभिया सार्वजनिक गरेको हो ।

पि्रमियम सेगमेन्टका दुबै मोडल नेपालका कार पारखीलाई लक्षित गर्दै भित्राएको स्कोडाको नेपाली बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले जनाएको छ । कम्पनीका अनुसार दुबै कार युरोपियन गुणस्तरका छन् ।

स्कोडा यति

स्कोडा यति १९६८ सीसीको डिजेल इञ्जिन कार हो । एउटामात्र भेरियन्टमा उपलब्ध यतिको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

Skoda-Yeti Final

स्कोडा यतिको बाहिर आवरण अरु स्कोडा कारको तुलनामा निकै पृथक र आकर्षक रहेको छ । कारको डिजाइन सामान्य रुपमा विशेष बनाइएको छ । कारको हेडलाइटको आकार परिमार्जन गरिएको छ भने फ्रन्ट हुडलाई विशेष तरिकाले सजाइएको छ ।

इतिको फ्रन्ट बम्पर नयाँ तरिकाले राखिएको छ । फग लाइट, लिड रियर लाइट पनि नयाँ तरिकाले राखिएको छ । यसको इन्टेरियर डिजाइन पनि निकै आकर्षक रहेको छ । यसमा ६ स्पीड/५ स्पीड म्यानुअल गियर बक्स प्रयोग गरिएको छ । ‘फेस लिफ्टेड’ स्कोडा यतिमा नयाँ आकारमा स्टेरिङ जोडिएको छ । इन्टेरियर ब्राउन लेदरले ढाकिएको छ ।

कारलाई सुरक्षित बनाउन ६ एयरब्याग, अफरोड एसिष्टेन्ट, हाइड्रोलिक ब्रेक, एन्टी स्लिप रेगुलेशन, ट्रयाक्सन कन्ट्रोल सिष्टम, इलेक्ट्रोनिक डिफरेन्सीयल लक, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र टायर प्रेसर मनिटरिङ जस्ता प्रविधिको संयोजन गरिएको छ ।

यसलाई स्टार्ट गर्न र बन्द गर्नका लागि साँचो आवश्यकता पर्दैन । चालक र अगाडिका यात्रुका लागि लम्पबार सपोर्ट छ । कारमा प्रयोग भएको सिट पनि तीन भागमा फोल्डिङ गर्न मिल्ने गरी राखिएको छ । कारका सिटहरु आवश्यकता अनुसार झिक्न र राख्न पनि सकिन्छ ।

स्कोडा अक्टाभिया

अक्टाभिया पनि १९६८ सीसीको टर्बोचार्ज डिजेल तथा पेट्रोल इञ्जिनयुक्त सेडान कार हो । यो एम्बिसन र इलिजेन्स गरी दुईवटा मोडलमा उपलब्ध छ । म्यानुअल गियर भएको एम्बिसनको मूल्य ७१ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

Skoda-Octavia Final

इलिजेन्समा अटोमेटिक गियर र सनरुफ समेत रहेको छ । यसको मूल्य ८१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

सेडान अक्टाभियामा ‘बाई-जेनन एएफएस हेडलाइट’ प्रयोग गरिएको छ । यस्तो लाइट स्टेरिङको मुभमेन्ट अनुसार कार जता मेडियो त्यही गतिमा चल्छ ।

कारमा रियाक्टएवल हेडलाइट वासर, सुरक्षाको ग्यारेन्टीको लागि ६ एयरब्याग, हाइड्रोलियक ब्रेक एसिस्टेन्ट, एन्टी स्लीप रेगुलेशन तथा मोटर स्पीड रेगुलेशन, मल्टी कोलिशन ब्रेकिङ र इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल जडान भएको छ ।

यसैगरी, फ्रन्ट एन्ड रियर पार्क डिस्ट्यान्स कन्ट्रोल, रिमोट बाट कन्ट्रोल हुने सन रुफ, बाउन्स ब्याक सुविधा सहितको पानारोमिक इलेक्टि्रक सन रुफ, क्लाइमेट्रोनिक एयर कन्डिसन, लम्बार सपोर्ट र लगेज भण्डारणका लागि ५९० लिटरको स्पेश रहेको छ ।

सेडान अक्टाभिया एउटा यस्तो कार हो, जसमा पानारोमिक सन रुफ प्रयोग गरिएको छ । यसमा प्रयोग भएको अर्को रोचक विशेषता ‘टायर प्रेसर मनिटरिङ सिष्टम’ हो । यसले चालकलाई कुनै पनि टायरको प्रेसरको बारमो जानकारी गराइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment