Comments Add Comment

रुपन्देहीको बेथरीमा आन्दोलनकारी र प्रहरीबीच झडप

२९ भदौ, भैरहवा । रुपन्देहीको बेथरीमा आन्दोलनकारी संयुक्त तराई लोकतान्त्रिक मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

Rupandehi-banda
सिद्धार्थ राजमार्ग फाइल तस्वीर

भैरहवा लुम्बिनी सडकखण्डको बेथरीमा आन्दोलनकारीले रोकेर राखेका सवारीलाई स्कटिङ गरी सञ्चालन गर्ने तयारी गरिरहेका बेला दुई पक्षबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ भने केही सेल अश्रुग्यास प्रहार गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए ।

लुम्बिनीको औद्योगिक क्षेत्रतर्फ जाँदै गरेका मालबाहक सवारीसाधनलाई आन्दोलनकारीले बेथरीमा रोकेर राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment