Comments Add Comment

ओलीले ‘विशेष दूत’ दिल्ली पठाए

२९ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना दुई नेतालाई भारत भ्रमणमा पठाएका छन् । एमाले सचिव प्रदीप ज्ञवाली र अन्तरराष्ट्रिय विभागका युवराज बास्तोला अध्यक्षको प्रतिनिधिका रुपमा मंगलबार दिल्ली गएका हुन् ।

KP oli‘ उहाँहरु नेपालको संविधान निर्माण प्रक्रियामा भारत सरकार र भारतीय जनताको सदभाव लिनका लागि अध्यक्षको प्रतिनिधिका रुपमा भारत जानुभएको हो,’ एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले अनलाइनखबरसँग भने, ‘दिल्लीमा उहाँहरुले भारतीय विदेशमन्त्री सुष्मा स्वराजका साथै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार लगायतका नेताहरुसँग भेट गर्नुहुनेछ ।’

नेपालको संविधान निर्मामा भइरहेको प्रगतिबारे भारतीय संस्थापन पक्षलाई स्पष्ट पार्न ओलीको प्रतिनिधिका रुपमा ज्ञवाली र बास्तोलाले भारतीय नेताहरुसँग कुराकानी गर्ने थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment