२९ भदौ, काठमाडौं । राजधानीको भृकुटिमण्डपमा मंगलबारदेखि सवारी साधनको कुम्भ मेला सुरु भएको छ । मेलाको अर्थमन्त्री डा. रामशरण महतले भव्य समारोहबीच समुद्घाटन गरे ।
नेपाल अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा)ले आयोजना गरेको मेलामा विभिन्न ६५ कम्पनीका १२० स्टलहरु रहेका छन् । मेलामा १४ ब्राण्डका चारपांग्रे, १५ ब्राण्डका दुइपांग्रे र ५ ब्राण्डका हेभी कमर्शियल भेइकल प्रदर्शनीमा राखिएको छ । ६ दिनसम्म चल्ने मेलामा ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।
मेलामा सहभागी ब्राण्डहरू
मेलामा डाटसुन, दाइहात्सु, फियट, फोर्ड, होन्डा, हुन्डाई, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक ले ल्यान्ड, भारत बेञ्ज, स्कोर्टस, अप्रिलिया, एमभी अगष्टा, बजाज, बेनिली, हिरो, हिरो इलेक्ट्रिक, होन्डा बाइक, केटीएम, महिन्द्रा, रोयल इन्फिल्ड, सुजुकी बाइक, टीभीएस बाइक, भेष्पा र यामाहा लगायतका ब्रान्डहरु प्रर्दशनीमा राखिएको छ ।
यसका अलवा बैंक तथा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्ट, टायर, जेनेरेटर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिजहरु प्रर्दशनी तथा बिक्रीमा राखिने छ ।
उपभोक्तालाई सहज होस भनेर दूई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी गाडीहरुको स्टल छुट्टाछुट्टै राखिने भएको छ । नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर प्रर्दशनी गरिने भएको छ ।
मेलामा विभिन्न कम्पनीहरुले नयाँ मोडल सार्वजनिक गरे । नयाँ मोडल सार्वजनिक गर्नेमा सुजुकी, होण्डा, टोयोटा, फियट, स्कोडा लगायत रहेका छन् । त्यस्तै, आधा दर्जन मोटरसाइकल कम्पनीले पनि नयाँ मोडल सार्वजनिक गरे ।
मेला आयोजनाको पहिलो दिन नै अवलोकनकर्ताको भिड लागेको छ । ब्रान्डको रुपमा विकास भइरहेको नाडा अटा शो सुरु भएसँगै दशैं शुरु भएको अनुभूति समेत हुने गर्छ ।
प्रतिक्रिया 4