Comments Add Comment

अटोमा व्यवसायीको १२ अर्ब लगानी

३० भदौ, काठमाडौं । लगानीमैत्री वातावरणको अभावमा उत्पादनमूल उद्योग खोल्न हिच्किचाएका उद्योगी/व्यवसायीहरुले पछिल्लोसमय आफ्नो लगानी व्यापारमा विस्तार गरेका छन् । अटोमोवाइल क्षेत्र व्यवसायीहरुका लागि लगानीको आकर्षक क्षेत्रकोरुपमा स्थापित हुँदैछ ।

new_car_showroomव्यवसायीहरुले अटो मोवाइल व्यवसायमा १२ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको उद्योगा वाणिज्य महासंघका उपाध्यक्ष तथा नेपाल अटोमोवाइल डिलर्स एसोसिएसनका अध्यक्ष शेखर खोल्छाले अनलाइनखबरलाई बताए । गोल्छाका अनुसार देशभर २ हजारको हाराहारीमा अटो व्यवसायी छन् ।
यो व्यवसायले गत वर्षमात्रै सरकारलाई ६० अर्ब रुपैयाँको हाराहारीमा राजस्व तिरेको थियो । अटो क्षेत्रको कारोबार नेपालमा वाषिर्क ७० अर्ब रुपैयाँको हाराहारीमा हुने गोल्छाले जानकारी दिए । यो व्यवसायले १४ लाख बढीलाई रोजगारी प्रदान गरेको उनले बताए ।

सडक विस्तार र ग्राहकको आम्दानी बढेसँगै अटो व्यवसाय फस्टाएको नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल बताउँछन् । अटोमोवाइल क्षेत्रमा बैंकहरुको कूल लगानी ८० अर्ब रुपैयाँको हाराहारीमा भएको उनले जानकारी दिए ।

‘उद्योगधन्धाबाट कर्जाको माग कम आएपछि बैंकहरुले कर्जा विस्तारका अन्य क्षेत्र खोजेका हुन् ।’ पौडेलले भने- त्यसैले यो अटोमोवाइल क्षेत्र पनि बैंकहरुलाई लगानीका लागि आकर्षक क्षेत्र बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment