+
+
Shares

‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल’का ४ विजेता घोषित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते २१:३६

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • १४ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२५’ प्रतियोगितामा ४ विजेता चयन भए।
  • प्रतियोगितामा विभिन्न श्रेणीमा विजेता र रनरअपहरू घोषित भए र सहभागी बालबालिकाहरूलाई पुरस्कार र अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन अवसर प्राप्त भयो।
  • प्रतियोगिता बालबालिकाको प्रतिभा विकास र भविष्य निर्माणको उद्देश्यले आयोजना गरिएको थियो।

काठमाडौँ । एउटै स्टेजमा ४ विजेता छानिएका छन् । १४ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेसनल २०२५’मा सिनियर र जुनियर केटा र केटी गरेर ४ विजेता छानिएका हुन् । जुनियर ब्वाइज एरोस कर्माचार्य, जुनियर गर्ल एरिका गुप्ताले शीर्ष उपाधि जित्दा सिनियर ब्वाईजतर्फ तासी नुर्वु शेर्पा र सिनियर गर्लमा प्रयुशा ढकाल शीर्ष विजेता बने ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा जुनियर ब्वाइजतर्फ विपार्थ थापा फस्ट रनरअप, रिदयम थापा सेकेन्ड रनरअप बन्दा सिनियर ब्वाईतर्फ दक्ष तनवर फस्ट रनरअप र आदी चौधरी सेकेन्ड रनरअप भए ।

सिनियर गर्लतर्फ वियन्सा गुप्ता फस्ट रनरअप, जयना थापा सेकेन्ड रनरअप, भियना पौडेल थर्ड रनरअप र देवान्सी शाह फोर्थ रनरअप चुनिँदा जुनयर गर्लतर्फ सुहानी श्रेष्ठ फस्ट रनरअप, निरोसा प्रधान सेकेन्ड रनरअप, सर्हषा टन्डन थर्ड रनरअप र श्रीनिती पराजुली फोर्थ रनरअप बन्न सफल भए ।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक तथा फेसन कोच राज फैजुले बताए । फैजुले डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका छन् ।

७ वर्षदेखि १३ वर्षसम्मका विद्यालयमा अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगिताको कोरियोग्राफी फैजु आफैले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

एडभान्स ओरल डेन्टल हस्पिटल मुख्य प्रयोजक रहेको प्रतियोगिताका सबै विजेताले उपाधिको साथमा बिभिन्न नगद, गिफ्ट र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका छन् । प्रतियोगितामा गिफ्टको ब्यवस्था रियल जुस, हर्लिक र डाइसुकेले प्रायोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?