Comments Add Comment

फोटो खिच्दा सेती खोँचमा खसेका भिष्मराज बेपत्ता

सन्देश श्रेष्ठ
३० भदौ, पोखरा । पोखरा १५ वनपाले डाँडामुनीको सेतीको खोंचमा खसेर एक व्यक्ति बेपत्ता भएका छन् । नेपाल वन विज्ञान अध्ययन संस्थान रामबजार पोखरामा अध्ययनरत भिष्मराज जोशी वेपत्ता भएका हुन् ।

मंगलवार साँझ ७ बजेतिरसँगै अध्ययरत साथी चितवनका अशोक भण्डारीसँग घुम्दै त्यहाँ पुगेका कैलाली अत्तरिया पहाडरोड घर भएका भिष्मराज फोटो खिच्ने क्रममा खोंचमा खसेको बताईएको छ । खोंचमा खसेका उनी करिब २५ मिटर तलसम्म मोवाइल हातमा बोकेर गुहार मागेपनि आफूले उद्धार गर्न नसकेको साथी अशोकले बताएका छन् ।

साथी खोंचमा खसेपछि आत्तिदै क्याम्पसको होष्टल पुगेका अशोकले भिष्मराज सेतीको खोंचमा खसेको खबर गरेका थिए । लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरी, सेना र शसस्त्रको रेस्क्यू टोलीले राति १२ बजेसम्म बेपत्ता भिष्मराजको खोजी गरेपनि उद्धार गर्न नसकेको नेविसंघ कास्कीका सचिव ताराप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

भिष्मराज खसेको क्षेत्र अत्यन्त अप्ठेरो ठाउँ भएको र चिप्लिने वित्तिकै खोंचमा खस्ने जोखिम क्षेत्र भएकाले खोजी कार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारीले बताए । बुधवार विहानैबाट उनको खोजी सुरु गरिएको छ ।

वन क्याम्पसमा विएसी फष्र्ट सेमेष्टरमा अध्ययनरत भिष्मराज नेविसंघ वन क्याम्पसका कोषाध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment