Comments Add Comment

यी हुन् अटो मेलामा देखिएका नयाँ बाईक

३० भदौ, काठमाडौं । काठमाडौंमा मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा कारमा जत्तिकै बाईकहरुमा पनि ग्राहकको आकर्षण देखिएको छ । शोमा विभिन्न कम्पनीका बाईकहरुलाई महत्व दिइएको छ । मेलालाई नै लक्षित गरी केही नयाँ बाइकहरु सार्वजनिक गरिएका छन् । केही बाईक अपडेट भर्सनमा उपलब्ध छन् । नयाँ बाईकमा युवाहरुको आकर्षण धेरै देखिएको छ ।

बाईकका विषयमा जान्न खोज्नेलाई जानकारी दिएर डिस्ट्रब्युर्टस् र उनीहरुका प्रतिनिधिलाई भ्याई नभ्याई छ । शोमा बजाज, यामाहा, सुजुकी, बेनिलि, टिभिएसलगायकत कम्पनीका नयाँ बाईकहरु छन् ।

पल्सर आरएस-२०० मोडेल

मेलाका अवसरमा बजाजका पल्सरका ३ वटा नयाँ मोडल सार्वजनिक भएका छन् । शोमा पल्सर आरएस-२००, पल्सर एएस-२०० र एएस-१५० सार्वजनिक गरिएका हुन् । पल्सर आरएस-२००को नेपाली बजार मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक लिटर पेट्रोलले ३० देखि ३५ किलोमिटर गुड्नसक्ने यो बाईक २ सय सीसीको हो ।

pulser2

यस्तै एएस-२०० बाईकले पनि ३० देखि ३५ नै किलोमिटर माईलेज दिन्छ । यो बाईकको मुल्य नेपाली बजारमा २ लाख ८५ हजार रुपैयाँ पर्छ । शोमा नै राखिएको नयाँ एएस-१५०ले एक लिटर पेट्रोलमा ४० देखि ४५ किलोमिटर माइलेज दिन्छ । यसको मूल्य २ लाख ५० हजार पर्ने नेपालको बजार  वितरक गोल्छा अर्गनाइजेशनले  जनाएको छ ।

टिभिएसका २ नयाँ मोडेल

टिभीएसले मेलामा स्टारसिटी प्लस र न्यू फिनिक्स मोटरसाइकल सार्वजनिक गरेको छ । स्टार सिटी प्लस १ सय १० सीसीको बाइक हो । यसको मूल्य १ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ । यसले एकलिटर पेट्रोलमा ६५ देखि ७० किलोमिटर माइलेज दिन्छ ।

tvsयसैगरी, फिनिक्स १ सय २५ सीसीको बाइक हो । यसको बजार मूल्य १ लाख ७२ हजार ९ सय रुपैयाँ तोकिएको छ । फिनिक्सको माइलेज क्षमता ५० देखि ५५ किलोमिटर छ । नेपालमा टिभीएसको वितरण शंकर समुह अन्तरगतको जगदम्बा मोटर्सले गरिरहेको छ ।

यामहाका ३ नयाँ मोडल

नाडा अटो शोमा यामाहा कम्पकिन ३ वटा नयाँ बाईक आईपुगेका छन् । यमाहाले सलुटो बाईक पहिलोपटक नेपालमा ल्याएको छ भने वाईएफजेट आर थ्री र आर वान-५को लेटेष्ट मोडल सार्वजनिक गरेको छ ।

Yamaha-YZF-R3 Final

यामाहाको आधिकृत विक्रेता एमएडब्लु ईन्टरप्राईजेजले ल्याएको यामाहा सलुटो बाईकले एक किलोमिटर बराबर ७८ किलोमिटर माइलेज दिने जनाएको छ । १ सय २५ सीसीको यो बाईकको बजार मूल्य १ लाख ७८ हजार ९ सय रुपैयाँ छ । यसैगरी वाईएफजेट आर थ्रीको मूल्य ९ लाख २९ हजार ९ सय रुपैयाँ छ भने आर वान-फाईभ किन्न ३ लाख ३४ हजार रुपैयाँ खर्चनु पर्छ ।

सुजुकीका २ नयाँ मोडल

अटो शोमा सुजुकी कम्पनीका २ वटा नयाँ मोडेलका बाईक पनि राखिएका छन् । सुजुकी जिक्सर ईआर र जिक्सर एसएफ शोमा राखिएका नयाँ बाईक हुन् । १ सय ५० सीसीको सुजुकी जिक्सर ईआरले ४० देखि ४९ किलोमिटरको माईलेज दिन्छ । यसको मूल्य २ लाख ७६ हजार रुपैयाँ छ ।

suzuki

यस्तै १ सय ५० सिसिकै जिक्सर ईआर बाईकको मूल्य २ लाख ४२ हजार छ । यसले पनि एक लिटर पेट्रोलमा ४० देखि ४९ किलोमिटर गुड्ने क्षमता राख्छ ।

बेनिलीको पनि नयाँ

बेनिलीको नयाँ बाईक पनि मेलमा राखएको छ । बेनिली टिएनटी-३०० बाईक मलेमा राखिएको हो । यो बाईकको मूल्य ६ लाख ६५ हजार भएपनि शोमा २५ हजार छुटको व्यवस्था गरिएको वितरक केटीएम ईन्टरनेश्नलले जनाएको छ । मेलाकै लागि लक्षित गरेर कम्पनिका अन्य दुईवटा नयाँ बाईकको पनि बुकिङ सुरु भएको छ । बेनिली ६००-जिटी र ६००-को बुकिङ सुरु भएको हो । ६००-जिटीको मूल्य १६ लाख ५० हजार र ६००-आईको मूल्य १५ लाख ५० हजार रुपैयाँ छ । यी दुई बाईक मेला अवधिमै ल्याईनेछ ।

Benelli 600 i Final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment