Comments Add Comment

एसयुभी कार बजारमा सुजुकीको ‘एस क्रस’ प्रवेश

maruti-suzuki-s-cross759३० भदौ, काठमाडौं । मारुती सुजुकीले राजधानीमा आयोजित अटो मेलामा एसयुभी कार ‘एस क्रस’ सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. रामशरण महतले मेलास्थलमा ‘एस क्रस’ सार्वजनिक गरे ।

सुजुकीको नेपाली बिक्रेता सिजी मोटोकोर्पले प्रिमियम सेगमेन्टमा सुजुकीको कमजोर उपस्थितीलाई मजबुत बनाउन ‘एस क्रस’ भित्राएको हो ।

‘एस क्रस’ दुई इञ्जिन अप्सनमा छ । चारवटा भेरियन्ट १२४८ सीसीमा उपलब्ध छ भने तीनवटा भेरियन्ट १५९८ सीसीमा उपलब्ध छ । ‘एस क्रस’ डिजेल इञ्जिन कार हो ।

नेपाली बजारमा यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ । सबैभन्दा टप भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नेपालमा एसयुभी गाडीका ग्राहक बढेपछि सुजुकीले ‘एस क्रस’ बिक्री सुरु गरेको हो । आकर्षक डिजाइनमा रहेको ‘एस क्रस’ नाडा अटो शोमा मुख्य आकर्षण बन्न पुगेको छ ।

nad ato show (8)

यसले प्रतिलिटर २३ किलोमिटर माइलेज दिने दाबी कम्पनीको छ । किफायति मूल्यमा एययुभी कार चढ्न पाइने हुँदा ‘एस क्रस’ नेपाली ग्राहकमाझ लोकपि्रय हुने विश्वासमा सिजी मोटोकोर्प छ ।

यसले नेपालमा हुन्डाईको ‘क्रेटा’, फोर्डको ‘इकोस्पोर्ट’ साङयोङको ‘टिभोली’, महिन्द्राको स्कारपियो र एक्सयुभी ५०० लगायतका गाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

कम्पनीले नाडा अटो शो र दशैं तिहारलाई लक्षित गरी ‘चमत्कार’ उपहार योजना समेत ल्याएको छ । यस योजनाअन्तर्गत ‘एस क्रस’ खरिद गर्दा एक लाख ५० हजार रुपैयाँ क्यास डिस्काउन्ट पाइने छ ।

यसको साथै रोड ट्याक्स वापत बुझाउनुपर्ने २० हजार ५ सय रुपैयाँ पनि कम्पनीले बेहोर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment