Comments Add Comment

भैरहवाको बेथरीमा भोलि बिहानसम्म कर्फ्यू

Bethari-Rupandehi

सलमान खान
३० भदौ, भैरहवा । रुपन्देहीको गोनाहा गाविस ६ बेथरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि स्थानीय प्रशासनले बिहीवार बिहान १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।

जिल्लाको शान्ति सुरक्षाको स्थितिलाई मध्यनजर गर्दै कर्फ्यू आदेश जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको सार्वजनिक सूचना अनुसार गोनाहा गाविस ६ बेथरीको पूर्वतर्फ बनगाई चोक, पश्चिम तर्फ बरेवा रोड, उत्तर तर्फ दूर्गा मन्दिर र दक्षिण तर्फ कालिमाई मन्दिरसम्म कर्फ्यू आदेशको चौकिला क्षेत्र तोकिएको छ ।

Rupandehi-Bethari

बेथरीमा अनियन्त्रित समूहबाट हुलदंगा गरी सार्वजनिक निजी सम्पति तोडफोड गर्नुका साथै सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गरेपछि कर्फ्यू लगाउनु परेको सूचनामा उल्लेख छ ।

मंगलबार राति गाडीहरू स्कर्टिङ गरेर लुम्बिनीतर्फ लैजाने क्रममा प्रहरी र आन्दोलनकारीबीच बेथरीमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ४ वर्षीय बालकसहित ४ जनाको मृत्यु भएको थियो ।

बेथरी घटनाको विरोधमा बुधबार विहान भैरहवा बजार बन्द गराउँदै हिँडेका मधेसी मोर्चाका नेताहरु पक्राउ समेत परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment