Comments Add Comment

भैरहवाको बेथरीमा कर्फ्यूको अवधि थपियो

सलमान खान
३१ भदौ, रुपन्देही । भैरहवाको बेथरी क्षेत्रमा कर्फ्यूको समय अवधि बढाइएको छ । जिल्ला प्रशसान कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गरेर विहीवार बिहान १० बजेदेखि विहीबार राति १० बजेसम्म कर्फ्यूको समय अवधि बढाएको जनाएको छ ।

Bethari-Rupandehi

जिल्लाको शान्ति सुरक्षाको स्थितीलाई मध्यनजर गर्दै कर्फ्यूको समय अवधि बढाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बताए ।

जिल्ला प्रशसान कार्यालय रुपन्देहीले जारी गरेको सूचना अनुसार गोनाहा गाविस ६ बेथरीको पूर्वतर्फ बनगाई चोक, पश्चिमतर्फ बरेवा रोड, उत्तरतर्फ दुर्गा मन्दिर र दक्षिणतर्फ कालिमाई मन्दिरसम्म कर्फ्यू लगाइएको छ ।

बेथरीमा अनियन्त्रित समूहबाट हुलदंगा गरी सार्वजनिक निजी सम्पति तोडफोड गर्नुका साथै सुरक्षाकर्मीहरु माथि ढुंगामुढा गरेपछि कर्फ्यू लगाउनु परेको सार्वजनिक सूचनामा उल्लेख छ ।

गत मंगलबार रुपन्देहीको गोनाहा गाविस ६ बेथरीमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा चार वर्षीय बालकसहित चार जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू लगाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment