१ असोज, बागलुङ । बागलुङमा पनि सुजुकी गाडीको आधिकारीक शो-रुम खुलेको छ । सिजी मोटोकोर्पको शो-रुममा सुजुकीका विभिन्न मोडेल राखेको डिलर इन्चार्ज मञ्जुल अमात्यले बताए ।
बागलुङको शो-रुममा पनि पोखराकै मूल्यमा गाडी बेचिने अमात्यले जानकारी दिए । दशैं र तिहारको अवसरमा शो-रुममा ‘चमत्कार’ अफर लागू भएको छ । यो योजना अन्तर्गत कार खरिद गर्ने ग्राहकले बम्परमा सुजुकी एसक्रस सहित ७ लाख ५० हजार रुपैयाँसम्म छुट र अरु थुप्रै उपहारहरु पाउने छन् ।
यस्तै ४ वर्ष वारेन्टी, न्यूनतम मूल्यमा बुकिङ र दश हजार रुपैयाँ सम्मको सर्भिसिङ कुपन पनि ग्राहकले पाउनेछन् । ‘बागलुङमा नयाँ शो-रुम उद्घाटन गर्न पाउँदा अत्यन्तै खुसी छौं, ग्राहकलाई सन्तुष्ट बनाउन सधैं तत्पर छौं’ सिजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4