+
+
Shares

आहा ! सौराहाबाट सूर्योदय हेर्दा (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २ गते १२:४५

Chitwan (1)

२ असोज, काठमाडौं । चाडबाडको लामो विदामा घुमघाम गर्न जाने सोच बनाउने भएको छ ? छ भने सौराहा एउटा उपयुक्त गन्तव्य हुन सक्छ ।

घना बस्तीको छेवैमा छ राप्ती नदी र नदी पारी छ चितवन राष्ट्रिय निकुञ्ज । हरेक क्षण थरीथरीका जंगली जनावर र पशुपंक्षीहरु विचरण गरिरहेको दृष्यबाट नलोभिने को होला ? एकाविहानै घोरल, मृग र चित्तलका हुल सौराहा पारी चर्दै गरेका भेटिन्छन् । बेलाबखत राप्ती नदी किनारमा पानी खान आइपुग्छन् बाघका लस्कर ।

चितवनको सौराहाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि साह्रै सुन्दर देखिन्छ । बिहानको झिसमिसेमा निलो आकाश र राप्ती नदी रातै बनाएर सूर्य उदाइरहेको दृश्य हेर्न पर्यटकहरुको घुँइचो लाग्छ ।

Chitwan (7)

चितवन थारु संस्कृतिमा चाख राख्नेहरुका लागि उपयुक्त गन्तव्य हो । चितवनको बछ्यौलीमा रहेको थारु संग्रहालयमा थारु सस्कृतीका परम्परागत सामग्रीहरु राखिएका छन् । थारु संस्कृतिको प्रबर्द्धन र संरक्षणका लागि स्थानीय युवायुवतीहरुले हरेक साँझ नाचगान गरेर पर्यटकहरुलाई मनोरञ्जन गर्छन् । चितवनमै रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा विभिन्न जीव तथा जनावरहरुको महत्वपूर्ण अस्थिरपञ्जर र छालालगायत अंगहरुको प्रर्दशनी पनि हेर्न सकिन्छ ।

Chitwan (13)

Chitwan (20)
राप्ती नदी तर्दै हात्ती

Chitwan (6)

हात्ती चढेर वागमारा सामुदायिक वनमा जंगल सफारी गर्दै पर्यटकहरु
हात्ती चढेर वागमारा सामुदायिक वनमा जंगल सफारी गर्दै पर्यटकहरु
निकुञ्जको बीचमा देखिएको गैंडा
निकुञ्जको बीचमा देखिएको गैंडा
चितवन राष्ट्रिय निकुञ्जमा फूलेको काँस
चितवन राष्ट्रिय निकुञ्जमा फूलेको काँस
राप्ती नदी किनारामा घाम ताप्दै गोही
राप्ती नदी किनारामा घाम ताप्दै गोही
राप्ती नदी किनारमा पर्यटकहरु सुस्ताउन बनाइएका कटेजहरु
राप्ती नदी किनारमा पर्यटकहरु सुस्ताउन बनाइएका कटेजहरु

Chitwan (17)

Chitwan (16)

थारु कलाकार नृत्यका लागि तयारीको क्रममा
थारु कलाकार नृत्यका लागि तयारीको क्रममा

Chitwan (30)

थारु साँकृतिक संग्रहालयमामा परम्परागत महिलाको मूर्ति
थारु साँकृतिक संग्रहालयमामा परम्परागत महिलाको मूर्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?